
काठमाडौं । संयुक्त राज्य अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इंकले पूर्ण एआई अपरेटिङ सिस्टम ‘स्प्रिङबेस एआई’ नेपालमा आधिकारिक रुपमा उपलब्ध गराएको छ ।
हाल विश्वभरका प्रोफेसनल र संस्थाहरूले प्रयोग गर्दै आएको यो प्लेटफर्म अब नेपालका नयाँ पुस्ताका प्रतिभा, व्यवसाय र संस्थाहरूका लागि उपलब्ध भएको छ ।
स्प्रिङबेस एआई अवधारणादेखि कार्यान्वयन र लक्ष्यदेखि नतिजासम्म पुग्न सहज बनाउने उद्देश्यले तयार पारिएको हो । यस प्लेटफर्मले कम्पनीको ज्ञान र बैठकका तथ्याङ्कहरूलाई रिपोर्ट, परियोजना विवरण, प्रस्ताव, ड्यासबोर्ड र पुनः प्रयोग गर्न मिल्ने कार्यप्रवाह जस्ता व्यवस्थित नतिजाहरूमा रूपान्तरण गर्न सक्षम बनाउँछ ।
“व्यावसायिक कम्पनिहरु दिन प्रतिदिन बढ्दै गईरहेका एआई उपकरणहरूको चुनौतीहरुसँग जुधिरहेका छन् । उनीहरूलाई यस्तो एकीकृत समाधानको अभाव छ जसले सन्दर्भ बुझोस्, कामको योजना बनाओस् र टोलीले वास्तविक रूपमा प्रयोग गर्न सक्ने नतिजा निकाल्न विभिन्न उपकरणहरूमाझ समन्वय गरोस् । हामीले नेपालमा यही प्रविधि ल्याएका हौँ,“ स्प्रिङबेस एआईका सह–संस्थापक भरत गोल्छा भन्छन् । उनले थपे, “उत्पादकत्वप्रति गम्भीर रहेका व्यक्ति, टोली र संस्थाहरूका लागि स्प्रिङबेस एआईले एआईसँग काम गर्ने नयाँ तरिका प्रदान गर्दछ ।”
यो प्लेटफर्मले एआई–सहायता प्राप्त कार्यहरूका लागि एक व्यवस्थित कार्यप्रवाह प्रदान गर्दछ । प्रयोगकर्ताहरूले आफ्नो विशिष्ट लक्ष्य प्रविष्ट गरेपछि सम्पादन योग्य योजनाको समीक्षा गर्न सक्छन् र आफ्नै कागजात तथा व्यावसायिक सन्दर्भका आधारमा नतिजा प्राप्त गर्न सक्छन् । यसबाट प्राप्त भएका नतिजाहरूलाई सम्पादन गर्न, शेयर गर्न, निर्यात गर्न वा भावी प्रयोगका लागि “रेसिपी” का रूपमा सुरक्षित गर्न सकिन्छ ।
“नेपालमा एआईको सम्भावना र यथार्थबीचको दुरीलाई कम गर्न स्प्रिङबेसको डिजाइन गरिएको हो । यस सुरुवातसँगै नेपाललाई आधिकारिक रूपमा एआई युगमा प्रवेश गराउन पाउँदा हामी उत्साहित छौँ,” स्प्रिङबेस एआईका सह–संस्थापक आकाश जाटिया भन्छन् । “नेपालसँग प्रतिभा र महत्वाकांक्षा दुवै छ; हामी त्यो प्रतिभालाई विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन आवश्यक सुरक्षित र विश्वस्तरीय पूर्वाधार उपलब्ध गराइरहेका छौँ ।”
यो प्लेटफर्म आजैबाट नेपालका प्रोफेसनल र संस्थाहरूका लागि करसहित प्रति महिना १,४९९ रुपैयाँमा उपलब्ध छ । प्रयोगकर्ताहरूले आफ्नो डाटामा पूर्ण स्वामित्व र नियन्त्रण कायम राख्दै कउचष्लनदबकभ।बष् मा सिधै दर्ता गर्न सक्छन् ।
माइन्ड स्न्याकले नेपालमा इनोभेन्चर्स एआई इन्क. को आधिकारिक कन्ट्री पार्टनरका रूपमा काम गर्नेछ र स्थानीय स्तरमा अनबोर्डिङ, तालिम, एआई कार्यान्वयन र कार्यप्रवाह एकीकरणमा टोलीहरूलाई सहयोग गर्दै ग्राहकको सफलता सुनिश्चित गर्नेछ ।
स्प्रिङबेसको लक्ष्य सफ्टवेयरमा पहुँच पुर्याउनु मात्र नभई संस्थाहरूभित्र व्यावहारिक एआई क्षमताहरू विकास गर्नु हो । कार्यान्वयनमा जोड दिँदै यस प्लेटफर्मले प्रयोगकर्ताहरूलाई बैठकका टिपोटहरू र छरिएका जानकारीहरूलाई स्पष्ट कार्य र स्वचालित कार्यप्रवाहमा रूपान्तरण गर्न मद्दत गर्दछ ।











प्रतिक्रिया