क्यान टुक्र्याउने कानून बनाउन संसदीय समितिको निर्देशन, ईयूको कालोसूचीबाट हट्न कार्ययोजना बनाउनु पर्ने



काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण तत्काल टुक्राउने गरी कानूनी व्यवस्था गर्न निर्देशन दिएको छ ।

पुस ५ गते बसेको समितिको निर्णय विहीबार सार्वजनिक गर्दै समितिले भनेको छ ‘उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संसदमा पेश गर्न निर्देशन दिइएको छ ।’

समितिको निर्देशनपछि अब प्राधिकरण टुक्राएर नियामक र सेवाप्रदायक बनाउन आवश्यक कानूनी व्यवस्था अगाडि बढ्नेछ । संसदले कानूनपारित गरेको ३ महिनामा उड्डयन प्राधिकरण विभाजन हुने भएको छ ।

संसदीय समितिले नेपालको हवाई उड्डयन क्षेत्रलाई युरोपेली युनियनल (ईयू)को सुरक्षा सूचीबाट हटाउन आवश्यक कार्यायोजना बनाउन पनि निर्देशन दिएको छ ।

उक्त कार्ययोजना बनाएर समितिलाई जानकारी गराउन निर्देशन दिएको समितिले जानकारी दिएको छ । समितिले हवाई नीति २०६३ को विकल्पमा हवार्य उडान सुरक्षा नीति बनाए कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।

क्यानका महानिर्देशक प्रदिप अधिकारी नियामक र सेवाप्रदायकका रुपमा बिभाजन गर्न रोक्दै आएका थिए । नियामकका रुपमा उड्डयन क्षेत्रलाई नियन्त्रणमा राख्ने क्यानले सेवा प्रदायकका रुपमा विभिन्न आयोजनाहरु बनाउँदै आएको थियो । आयोजनाहरु बनाउँदा मोटो रकम कमिशन पाइने भएकाले क्याका अहिलेका महानिर्देशक अधिकारीलगायतले ट्क्र्याउने कानून बनाउन अवरोध सिर्जना गरिरहेको सांसदहरुले आरोप लगाएका छन् ।


क्लिकमान्डु