न्यू होल्यान्डको ब्याकहोइ लोडर एकै वर्ष १०३ युनिट बिक्री, करिब डेढ करोड नाफा



काठमाडौं । बीएस मोटर्सले न्यू होल्यान्ड ब्याकहोइ लोडर एकै वर्ष १०३ वटा युनिट बिक्री गरेको छ ।

न्यू होल्यान्ड ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता बीएस मोटर्सले सन् २०२२ मा १०३ वटा युनिट न्यू होल्यान्ड ब्याकहोइ लोडर बिक्री गरेको हो ।

कम्पनीले सन् २०२१ मा ३१ वटा युनिट मात्रै ब्याकहोइ लोडर बिक्री गरेको थियो । कम्पनीअनुसार सन् २०२२ मा ६३ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ भने सन् २०२१ मा १२ करोड ५० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२० मा १७ करोड ८० लाख रुपैयाँ र सन् २०१९ मा ५५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसैगरी, कम्पनीले सन् २०२२ मा १ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । सन् २०२१ मा ०.३६ प्रतिशतले नाफा कमाएको थियो ।

कम्पनीले न्यू होल्यान्डको निर्माण सामग्री र पार्टपूर्जा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले ब्याकहोइ लोडर, रोलर, स्काभेटर र पार्टपूर्जा बिक्री गर्दै आएको छ ।

देशभर २८ वटा सब–डिलर रहेको कम्पनी भुषाल ग्रुपद्वारा सञ्चालित कम्पनी हो । बालकृष्ण भुषाल अध्यक्ष रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ७९ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु