चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनको संशोधनले उद्योगीलाई राहत दिएन: परिसंघ उपाध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन उद्योगीको माग अनुसार संसोधन हुन नसकेको बताएका छन् ।

बुधबार नेपाल राष्ट्र बैंकले मार्गदर्शन संशोधन गरेपछि क्लिकमाण्डूसँग कुरा गर्दै अग्रवालले उद्योगको प्रकृति अनुसार चालू पुँजी कर्जाको आवश्यकता फरक फरक हुने भएपनि मार्गदर्शन त्यसरी संसोधन हुन नसकेको टिप्पणी गरे ।

‘आधिकारीकरुपमा परिसंघले भोलि आफ्नो धारणा सार्वजनिक गर्छ,’ अग्रवालले भने, ‘मेरो बुझाइमा विगतमा सीमाभन्दा बढी चालू पुँजी प्रकृतिको कर्जा लिएका व्यक्तिलाई २ वर्ष समय दिनु बाहेक मार्गदर्शनमा खासै संशोधन भएको छैन ।’

परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल देश बाहिर भएकाले मार्गदर्शनका विषयमा धारणा सार्वजनिक गर्न बैठक बस्न सकेन ।

चालू पुँजी प्रकृतिको कर्जा ७ दिन शुन्य बनाउनु पर्ने, सबै उद्योगलाई एउटै प्रकृतिको नियम लाग्ने, विगतमा भन्दा कारोबार घटेकोले थप कर्जा आवश्यक रहेको समयमा असार मसान्तमा १० प्रतिशत कर्जा चुक्ता गर्नु पर्ने नीति उद्योगीको पक्षका नरहेको अग्रवालको दाबी छ ।

‘अहिले बजारमा माग घटेको अवस्थामा यो नीति स्थगित हुनु पर्ने थियो,’ अग्रवालले भने, ‘उद्योगको प्रकृत्ति अनुसार चालू पुँजीको आवश्यकता फरक हुन्छ भनेर राष्ट्र बैंकले नबुझ्नु राम्रो भएन ।’

अहिले राष्ट्र बैंक कर्जा दुरुपयोग गरेका व्यक्तिलाई २०८२ असार मसान्तसम्म ऋण चुक्ता गर्न समय दिएको र बास्तबिक उद्योगीलाई भने कुनै राहत नदिएको अग्रवालको आरोप छ ।


क्लिकमान्डु