विकास बैंक गाभेर ठूलो बन्ने सिटिजन्स बैंकको रणनीति, प्रदेश नं. १ र सुदुरपश्चिममा जोडी खोज्दै

दिलु कार्की २०७७ कार्तिक ३ गते १६:१३ मा प्रकाशित

काठमाडौं । आवश्यक तयारीविनै राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीचको विग मर्जर गर्ने भनेर हल्ला चलायो ।

विग मर्जरको हल्लाले पहिलो पुस्ताका बैंकहरुभन्दा सिटिजन्स, सानिमा, लक्ष्मीजस्ता दोस्रो पुस्ताका बैंकहरुलाई आफ्नो अस्तित्व जोगिने हो वा होइन भन्ने तनाव शुरु भयो ।

सिभिल, सेञ्चुरी, जनताजस्ता तेस्रो पुस्ताका र पूरानै भए पनि एनबी, एनसीसीजस्ता कमजोर प्रफर्मेन्स भएका बैंकहरुलाई त अस्तित्व जोगाउन सकिएला भन्ने नै परेन । यद्यपि उनीहरु पनि अस्तित्व जोगाउन लागि परिरहेकै छन् ।

राष्ट्र बैंकले होहल्ला गरे पनि विग मर्जरका लागि अहिलेसम्म पनि ठोस पहलकदमी भने चालिसकेको छैन ।

सकेसम्म बैंकहरु आफैं मर्जरमा जाउन् भन्ने उदेश्यले राष्ट्र बैंकले दबाबस्वरुप कहिले क्रस होल्डिङको विवरण माग्ने त कहिले सञ्चालक र सीइओहरुलाई बोलाएर मर्जरमा जाउ भन्ने काम भने गरिरहेकै छ ।

‘सकेसम्म बैंकहरु मन मिल्ने जोडी खोजर मर्जरमा जाउन् भन्ने हाम्रो उद्देश्य हो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले क्लिकमाण्डूँग भने, ‘केही समय पर्खिन्छौं, त्यसपछि बढी दबाब सिर्जना गर्छौं ।’

अब मर्ज नगराई राष्ट्र बैंकले छाड्दैन भन्नेमा बैंकरहरु ढुक्क छन् । तर, त्यो मिति कहिले हो भन्ने चाहीँ न बैंकरलाई थाहा छ न त राष्ट्र बैंकका अधिकारीहरुलाई नै ।

विग मर्जरको बाढीले बगाउन सक्ने आफ्नो अस्तित्व जोगाउन सिटिजन्सले विकास बैंक र फाइनान्स कम्पनीलाई निशानामा पारेको हो । सायद अव विग मर्जर भए पनि सिटिजन्स बैंकको अस्तित्व गुम्ने छैन ।

यस्तो बेलामा बैंकहरु आफ्नो आन्तरिक रणनीति तयार पार्न सक्रिय भए । धेरै वाणिज्य बैंकहरुले एकदुई चरणमा मर्जरको छलफल गरिसकेका छन् । आआफ्नो तयारी पनि गरिसकेका छन् ।

बैंकहरुको ‘बिग मर्जर’ सीमित व्यक्ति र स्वार्थ समूहको एजेण्डा होः बैंकर राजनसिंह भण्डारीको लेख

राष्ट्र बैंकको नीति थाहा पाइसके पनि बैंकहरु ठोस निर्देशन कुरेर बसेका छन् ।

दोस्रो पुस्ताको राम्रै प्रफर्मेन्स गरिरहेको सिटिजन्स बैंकको सञ्चालक समिति र व्यवस्थापन समितिमा पनि मर्जरका बारेमा लामो बहस भयो ।

सिटिजन्स बैंकले नविल, इन्भेष्टमेन्ट, एभरेष्टजस्ता पहिलो पुस्ताका बलिया बैंकसँग मर्जरमा जाँदा भनेजस्तो मूल्य नपाइने र आफ्नो अस्तित्व पनि नरहने अनि नयाँ पुस्ताका वाणिज्य बैंक मर्ज गर्दा आफूले बढी मूल्य तिर्नुपर्ने र इफिसियन्सी नआउने निष्कर्श निकाल्दै राम्रो प्रफर्मेन्स गरिरहेका विकास बैंक र फाइनान्स कम्पनी गाभेर आफ्नो विजनेश र सञ्जाल विस्तार गर्दै जाने रणनीति तयार पार्यो ।

सोही रणनीतिअनुसार सिटिजन्सले वाणिज्य बैंकसँग कुरै गरेन पूर्वदेखि पश्चिमसम्मका विकास बैंक खोज्न थाल्यो । र, पछिल्लो समय मर्जर तथा एक्वायरमा आक्रमक बनेर सिटिजन्सले आफ्नो पोर्टफोलियो निकै ठूलो बनाइसकेको छ ।

गत शनिबार मात्रै बुटवलमा मूख्य कार्यालय रहेको तिनाउ मिशन डेभलपमेन्ट एक्वायर गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । र, अझै पनि प्रदेश नं. १ र सुदुरपश्चिमको राम्रो संस्था लिन खोजिरहेको छ ।

‘प्रदेशन नं. १ मा राम्रो प्रभुत्व स्थापित गरेको विकास बैंकलाई सायद छिट्टै लिन्छौं,’ बैंकका एक सञ्चालकले क्लिकमाण्डूसँग भने ।

अब २ वटा विकास बैंक र फाइनान्स कम्पनी गाभ्ने हो भने बैंक धेरै सूचकांकमा टप टेनभित्र पर्छ ।

तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि बैंकको निक्षेप १ खर्ब १६ अर्ब रुपैयाँ हुनेछ । जसअनुसार बैंक निक्षेप संकलनमा २७ वाणिज्य बैंकहरुमध्ये १०औं स्थानको हुनेछ । साथै हाल बैंकले ८४ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । तिनाउ प्राप्तिसँगै बैंकको कर्जा प्रवाह साढे ९८ अर्ब ३९ करोड रुपैयाँ हुन्छ । कर्जा प्रवाहका हिसाबले सिटिजन्स बैंक वाणिज्य बैंकहरुको सूचिमा १६औं स्थापनमा पर्छ ।

विग मर्जरको बाढीले बगाउन सक्ने आफ्नो अस्तित्व जोगाउन सिटिजन्सले विकास बैंक र फाइनान्स कम्पनीलाई निशानामा पारेको हो । सायद अव विग मर्जर भए पनि सिटिजन्स बैंकको अस्तित्व गुम्ने छैन ।

२०६४ साल बैशाख ७ गते ७७ जना संस्थापकको लगानीबाट शुरु भएको सिटिजन्स बैंकको शुरुवाती चुक्ता पुँजी ५६ करोड रुपैयाँ थियो । बोनस, हकप्रद र मर्जर तथा एक्वायरबाट अहिले बैंकको चुक्ता पुँजी हाल ९ अर्ब ९ करोड रुपैयाँ छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट ७.७० प्रतिशत बोनस सेयर दिने भएको छ । यसपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ७८ करोड हुन्छ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड छ । असारसम्मको नाफाको आधारमा उसको लाभांश क्षमता ६.२३ प्रतिशत हो । उसले दिने लाभांश बोनस सेयर दिएमा तिनाउको चुक्ता पूँजी १ अर्ब ९२ करोड हुन्छ । सिटिजन्सले तिनाउलाई १००ः९६ को अनुपातमा एक्वाएर गर्ने छ । त्यो हुँदा बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड हुन्छ । तिनाउले दिने लाभांशको र स्वाब रेसियोमा यो तलमाथि हुनसक्छ ।

फोर्स भएमात्रै वाणिज्य बैंकसँग मर्जमा जाने सिटिजन्स बैंकको रणनीति, उग्र भएर सिस्टमलाई दुःख दिँदैनौं: सीइओ पोखरेल

‘सरकारले फोर्स मर्जरको नीति लियो भने मात्रै हामी वाणिज्य बैंकसँग मर्जरमा जान्छौं, होइन भने विकास बैंक र फाइनान्स कम्पनीलाई एक्वायर गरेर वा विदेशी साझेदार भित्र्याएर अझ शशक्त र बलियो भएर अघि बढ्ने हाम्रो योजना छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले क्लिकमाण्डूसँग भने ।

वाणिज्य बैंकसँग मर्जरमा जान नचाहनुको पछाडिको कारण हो बैंकका प्रवद्र्धकहरु सिटिजन्स बैंकको नाम गुमाउन चाहँदैनन् ।

सीइओ पोखरेल भन्छन्- ‘राजनसिंह भण्डारीजस्तो व्यक्ति अध्यक्ष हुनुहुन्छ । डा. शंकर शर्मा, कुलचन्द्र गौतम, बालकृष्ण प्रसाईं जस्ता व्यक्तित्वहरु बैंकसँग आवद्ध हुनुहुन्छ । उहाँहरु संस्थागत सुशासनको पाटोमा कम्प्रमाइज नै गर्नुहुन्न । उहाँहरुको सोच के छ भने सिटिजन्स बैंक सयौं वर्ष बाँच्नुपर्छ ।’

इओ पोखरेल थप्छन्- ‘हामी थोरै खाने, मिठो खाने र आनन्दसँग खाने सिद्दान्तमा छौं । हामीलाई ठूलो हुनुपर्छ भन्दा पनि स्वस्थ्य हुनुपर्छ भन्ने लाग्छ । सेयरधनीले आशा गरेको प्रतिफल दिनसक्ने हुनुपर्छ । स्केटहोल्डरहरुका आशा पूरा गर्नुपर्छ । रिटर्न अन इक्वीटी घट्नु हुँदैन । हामीलाई उग्र तरिकाले दौडिनु हुँदैन भन्ने लाग्छ । यो बिजनेश भनेको आजको भोलि कमाएर खाइहाल्ने बिजनेश होइन । पछि आउनेहरुका लागि पनि स्पेश राख्न सक्नुपर्छ ।’

बैंकका आआफ्ना रणनीति हुन्छन् । कतिपय बैंकहरु आफ्नो आकार ठूलो बनाउन लागि परेका छन् । तर, सिटिजन्सले भने त्यो भन्दा फरक रणनीति अख्तियार गरेको छ ।

सीइओ पोखरेल थप्छन्- ‘हामी थोरै खाने, मिठो खाने र आनन्दसँग खाने सिद्दान्तमा छौं । हामीलाई ठूलो हुनुपर्छ भन्दा पनि स्वस्थ्य हुनुपर्छ भन्ने लाग्छ । सेयरधनीले आशा गरेको प्रतिफल दिनसक्ने हुनुपर्छ । स्केटहोल्डरहरुका आशा पूरा गर्नुपर्छ । रिटर्न अन इक्वीटी घट्नु हुँदैन । हामीलाई उग्र तरिकाले दौडिनु हुँदैन भन्ने लाग्छ । यो बिजनेश भनेको आजको भोलि कमाएर खाइहाल्ने बिजनेश होइन । पछि आउनेहरुका लागि पनि स्पेश राख्न सक्नुपर्छ ।’

सिटिजन्सले आफ्नो आवश्यकता अनुसारको पुँजी र बिजनेश बढाइरहेको उनको भनाइ छ ।

‘ उग्र भएर सिस्टमलाई नै दुःख दिने ग्रोथ हामीलाई चाहिएको छैन । हामीलाई १७/१८ प्रतिशतको ग्रोथ भए पुग्छ,’ पोखरेलले भने ।

सिटिजन्स बैंक एबीसीबाट सँधै टाढै रहेको उनको भनाइ छ । ए भनेको आफ्नो मान्छे, बी भनेको भनसुन र सी भनेको चाकडीरचाप्लुसी ।

बैंकका अध्यक्ष राजनसिंह भण्डारी राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजिनामा दिएर बाहिरिएका व्यक्ति हुन् । सिटिजन्सको स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका भण्डारी २०७५ पुस १ गतेदेखि बाहिरिएका थिए ।

राजनसिंह भण्डारीः गरिब हुने डरले सीए पढे, डेपुटी गभर्नर नहुँदा बैंकको सीइओ भए

भण्डारी बिग मर्जर फोर्सफूल होइन, स्वेच्छिक हुनुपर्छ भन्ने मान्यता राख्छन् ।

बैंकको संख्यालाई घटाएर १०/१५ मा झार्ने हो भने यसले वित्तीय क्षेत्रमा बैंकहरुको एकाधिकार सिर्जना हुने अवस्था आउने र व्यवसायमा ‘ठूला माछाले सानो माछालाई खान्छ’ भन्ने तीतो सत्यलाई मान्ने हो भने यसबाट ठूल्ठूला बैंकका केही सीमित व्यक्ति तथा समूहलाई सबैभन्दा बढी फाइदा हुने अध्यक्ष भण्डारीको बुझाइ छ ।

‘हामी अझै पनि राम्रो विकास बैंक र फाइनान्स कम्पनी खोजिरहेका छौं,’ सीइओ पोखरेलले भने ।

त्यसैले ठूला माछाबाट जोगिन सिटिजन्सले आफूभन्दा साना माछा (विकास बैंक र फाइनान्स कम्पनी)लाई आफूमा समाहित गर्दै आफू ठूलो बनेको हो ।

भदौ मसान्तसम्मको तथ्यांक अनुसार बैंक २७ वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलनमा १६औं स्थानमा र कर्जा प्रवाहमा २०औं स्थानमा रहेको थियो ।

तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि बैंकको निक्षेप १ खर्ब १६ अर्ब रुपैयाँ हुनेछ । जस अनुसार बैंक निक्षेप संकलनमा २७ वाणिज्य बैंकहरुमध्ये १०औं स्थानको हुनेछ । साथै हाल बैंकले ८४ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । तिनाउ प्राप्तिसँगै बैंकको कर्जा प्रवाह साढे ९८ अर्ब ३९ करोड रुपैयाँ हुन्छ । कर्जा प्रवाहका हिसाबले सिटिजन्स बैंक वाणिज्य बैंकहरुको सूचिमा १६औं स्थापनमा पर्छ ।

हाल बैंक देशभर १ सय ११ वटा शाखा कार्यालयहरु छन् । तिनाउका ५३ वटा शाखा प्राप्ति गरेपछि बैंकको कुल शाखा १ सय ६४ हुनेछ । कतिपय शाखा समायोजन र स्थानान्तरण गर्नुपर्ने हुनसक्ने भएकाले यसमा ५/१० वटा कम हुनसक्छ ।

नेपाल हाउजिङ, प्रिमियर, पिपुल्स फाइनान्स र सहयोगी विकास बैंकलाई सिटिजन्सले यसअघि नै आफूमा समाहित गरिसकेको छ ।

२०७७ सालमै बैंकले २ वटा क्षेत्रीयस्तरका विकास बैंकलाई एक्वायर गरेको छ । प्रदेश २ मा बैंकिङ सेवा दिँदै आएको सहयोगी विकास बैंकलाई गत असारको अन्तिम साता एक्वायर गरेको बैंकले गत शनिबार तिनाउ मिशनलाई एक्वायर गर्ने सम्झौता गरेको हो ।

‘हामी अझै पनि राम्रो विकास बैंक र फाइनान्स कम्पनी खोजिरहेका छौं,’ सीइओ पोखरेलले भने ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स