सभासम्मेलन गर्न पाउने निर्णय भएको १५ दिनभित्र निर्वाचन हुन्छः महासंघ अध्यक्ष राणा (भिडियो)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकि अध्यक्ष भवानी राणाले सरकारले सभासम्मलेन गर्न रोक लगाएका कारण तोकिएको मितिमा निर्वाचन गर्न नसक्ने स्पष्ट पारेकी छन् ।

बिहीबार महासंघको कार्यालयमा भएको पूर्वअध्यक्ष सहितको पदाधिकारीको बैठकपछि बोल्दै राणाले भनिन, ‘सरकारले लकडाउन खोले पनि सभासम्मेलन गर्नका लागि रोक लगाएको अवस्थामा महासंघको निर्वाचन गर्नु उपयुक्त नदेखिएकाले तोकिएको मितिमा महासंघको निर्वाचन गर्न सकिएन ।’

उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति सर्यो, लकडाउन पूर्णरुपमा खुलेको १५ दिनमा निर्वाचन हुने

साधारणसभामा प्रधानमन्त्रीज्यूलाई नै बोलाउने योजना रहेको बताउँदै राणाले कोरोनाका कारण यस्तो अवस्थामा त्यो पनि सम्भव नहुने देखिएकाले निर्वाचन तोकिएको मितिमा गर्न नसकिएको बताइन् ।

‘महासंघको निर्वाचनमा कम्तीमा २ हजार जना मानिसहरु भेला हुनुपर्छ तर सरकारले त्यसका लागि रोक लगाएकाले यसअघि तोकिएको साउन २६ र २७ गतेको निर्वाचन गर्न सकिएन,’ उनले थपिन ।

चुनावको मिति सार्ने निर्णयमा चन्द्र ढकालको असहमति, चण्डीको उदण्डता

उनका अनुसार सभासम्मेलन गर्न नपाउने सरकारको निर्णय लामो समयसम्म लम्बिने अवस्था देखिएमा मोडालिटी परिवर्तन गरी हरेक प्रदेशमा गएर निर्वाचन समेत गर्न पनि सकिन्छ ।

‘यो महासंघको निर्वाचन मात्रै होइन, साधारणसभा पनि भएकाले मानिसहरुको भीड हुन्छ, यस्तो अवस्थामा सरकारको निर्णय विपरीत निर्वाचन गर्न सकिएन,’ उनले भनिन ।

उनका अनुसार सरकारले सभा सम्मेलन गर्न पाउने भनि सूचना निकालेको १५ दिनभित्र निर्वाचन गर्ने उनले स्पष्ट पारिन् ।

‘मन्त्रिपरिषदले नै सभासम्मेलन गर्न नपाउने निर्णय भइसकेको छ, तर चन्द्रजीलगायतका साथीहरुले निर्वाचन गरौं भन्नु भएको थियो । तर जिल्लाबाट साथीहरु बोलाएर निर्वाचन हुने अवस्था भएन भने गाह्रो हुन्छ,’ उनले भनिन् ।

उनले महासंघको समाजप्रति समेत दायित्व भएको बताउँदै पनि आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताइन् ।


क्लिकमान्डु