चन्द्रागिरी केवलकारले ल्याउने भयो १०० रुपैयाँमा आइपीओ, धितोपत्र बोर्डमा निवेदन



काठमडौं । चन्द्रागिरी हिल्सले साधारण सेयर (आईपीओ) जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

हिल्सले स्थानिय वासिन्दा र सार्वसाधारणको लागि साधारण सेयर जारी गर्न भन्दै धितोपत्र बोर्डमा जेठ २५ गते आवेदन आवेदन दिएको हो ।
हिल्सले प्रति कित्ता एक सय रुपैयाँको दरले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हवार ९१० कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीले चुक्ता पूँजीको १२ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको छ । जसमा २ प्रतिशत सेयर आयोजना प्रभावितको लागि र सर्वसाधारणको लागि र १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्न लागिएको हो ।

यसको निष्कासन तथा बिक्री प्रवद्र्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

चन्द्र ढकालको रणनीतिः निजी लगानीका सबै कम्पनीमा सर्वसाधारणको पनि सेयर स्वामित्व

आयोजना प्रभावित क्षेत्रमा काठमाडौंको साविकको थानकोट गाविस र मकवानपुरको चित्लाङ र थाहखेल गाविसका स्थानीय बासिन्दाले सेयर पाउने छन् ।
केवलकारको रुपमा सर्वसाधारणलाई सेयर जारी गर्ने चन्द्रागिरी पहिलो कम्पनी हुने छ ।

चन्द्रागिरी व्यवसायिक समुह आइएमई ग्रुपले सहितका व्यवसायीको लगानी भएको कम्पनी हो । जसले चन्द्रागिरीमा केवल कार र रिसोर्ट संचालन गर्छ ।


क्लिकमान्डु