कोरोना कहर यसरी बन्नसक्छ बीमाका लागि अवसरः पोषकराज पौडेल



विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दो छ । यसको कारणले सम्पुर्ण क्षेत्र प्रभावित भइरहेको छ । यसको असर भविश्यमा कस्तो पर्छ भन्ने बिषय भने आजको दिनमा संक्रमण कति दिनसम्म रहन्छ, त्यसमा भर पर्छ ।

हरेक क्षेत्रमा कोरोना भाइरसले नकारात्मक प्रभाव पारिरहेको अवस्थामा बीमा क्षेत्रमा भने यसले केही सकारात्मक प्रभाव पारेको छ । अहिले इन्स्योरेन्सको माग बढ्दो छ । बीमा सम्बन्धी मानिसहरुको चेतना बढेको छ । धेरै अस्पताल, संस्था तथा व्यक्तिहरु बीमा गराउनेको संख्या बढेको छ । यसपछि बीमा सम्बन्धी चेतना र पहुँच बढ्छ । जसकारण मानिसमा बीमा सम्बन्धी सकारात्मक सन्देश जान्छ ।

अमेरिकामा टुइन टावर आक्रमणपछि इन्स्योरेन्सको राम्रो ग्रोथ भएको थियोृ । त्यसैगरी अब पनि यसले इन्स्योरेन्सको ग्रोथ राम्रो गर्छ । तर मानिसहरु आर्थिकरुपमा कतिको सक्षम हुन्छन्, मानिसहरुको आम्दानीको अवस्था कस्तो रहन्छ । र, सम्पुर्ण देशको अर्थतन्त्र कस्तो रहन्छ त्यसमा पनि भर पर्छ । मानिसहरु आर्थिकरुपमा सहज र सक्षम भएन भने बीमा पोलेसी खरिद गर्ने मानिस कम हुन्छन् । त्यो अवस्थामा जुन हिसाबले अहिले बीमाको ग्रोथ भइरहेको छ, त्यो अनुसारको ग्रोथ रोकिन्छ ।

अजको दिनमा नेपालको जनसंख्या अनुसार थोरै मात्र जनसंख्या बीमाको दायरामा छन् । अबको दिनमा मानिसमा बीमा गर्नु पर्छभन्ने चेतनाको विकास गराएर बीमाको दायरामा नआएकालाई समेट्न सकिने अवसर पनि छ । संक्रमणको अवस्था लामो समयसम्म रहँदा सम्पुर्ण अर्थतन्त्रलाई नै असर गर्दा त्यसको असर बीमा क्षेत्रमा पनि देखिने भने हुन्छ ।

विश्व परिवेशमा संक्रमित र मृत्यु हुनेको संख्या आजसम्म सबैभन्दा धेरै उमेर भएका व्यक्तिहरु छन् । त्यस कारणले पनि बीमा क्षेत्रलाई अन्य क्षेत्रमा जस्तै त्यति धेरै घाटा हुने देखिन्दैन् ।

यो अवस्थामा बीमा कम्पनीहरुले समय सन्दर्भिक धेरै उमेर समुहको व्यक्तिहरुका लागि हुने नयाँ प्रोडक्टहरु ल्याएमा बीमाको बजार अझै बढ्छ । यसलाई बीमा कम्पनीहरुले अवसरको रुपमा लिएर काम गर्न सक्छन् ।

यसले बीमा क्षेत्रलाई पुर्ण रुपमा डिजिटल माध्यमबाट सेवा प्रवाह गर्न तर्फ उन्मुख गराएको छ । कम्पनीहरुले आफ्ना सेवाग्राहीलाई डिजिटल माध्यमबाट वोर्क फ्रम होम जस्तै अफ साइट वोकिङको लागि काम गर्नको लागि अवसर आएको छ । आजको दिनमा संकट भएतापनि भविष्यको लागि बीमा कम्पनीहरुलाई यसले सबैभन्दा बढी अवसर दिएको छ ।

अहिलेसम्म नेपालको बीमा क्षेत्रमा इन्डोरमेन्ट र सेभिङ प्रोडक्टहरु बढी छन् । र, त्यस्तै प्रकारका प्रोडक्टहरु बिक्री हुन्छन् । विकासित देशहरुमा रिक्स अर्थात् टर्म प्रोडक्टहरु बढी बिक्री हुन्छन् । ती देशहरुमा ट्रम प्रोडक्टहरुमा नै मानिसहरु बढी आकर्षित भएका हुन्छन् ।

नेपालमा पनि सरकारले २५ लाख रुपैयाँसम्मको बीमा गर्दिने भनेर भनेको छ । संकटको समयमा साथ दिने भनेको बीमा नै हो भनेर सरकारले पनि सुचना दियो । र, बीमा कम्पनीहरुले पनि दिन सक्यो भने बढी लाभदायी हुन्छ ।

यस्तो अवस्थामा टर्म प्रोडक्टहरु नै बढी उपयुक्त हुन्छ । आजको दिनसम्म नेपालमा सेभिङ प्रोडक्टहरु मात्र धेरै रुचाइन्छ । त्यस कारण यो समयमा प्रोडक्टको फन्डामेन्टर रिक्वारमेन्ट परिवर्तन सक्छ । इन्स्योरेन्स कम्पनीहरुले मेडिकल प्रोडक्ट, क्रिटिकल इनलेसका प्रोडक्टहरु ल्याउन सक्छन् । जसले गर्दा संकट र संक्रमणको जोखिममा आवश्यक पर्दा आर्थिक तथा स्वास्थ्य उपचारका लागि चाहिने प्रकारका प्रोडक्टहरु अब बीमा कम्पनीहरुले ल्याएमा त्यस प्रकारको प्रोडक्ट चल्छ ।

बीमा सम्पनीहरुले केही सीमित सेवाहरु डिजिटल माध्यमबाट दिएपनि सबै सेवाहरुलाई प्रविधिमा जोड्न सकेका छैनन् । हालसम्म अधिकांस बीमा कम्पनीहरुले भुक्तानीदेखि बाहेक अन्य सेवाहरु डिजिटल माध्यमबाट दिन सकेका छैनन् ।

बीमा क्षेत्रका सबै सेवाहरुलाई प्रविधिमैत्री बनाउनको लागि केही नियममा पनि परिवर्तन गर्नु पर्छ, भने केही बिषय कम्पनीहरुले नै आफ्नो खाका परिवर्तन गर्नु पर्ने छ । जस्तै बीमा कम्पनीहरुले नयाँ पोलेसी ल्याउँदा डिजिटल माध्यम प्रयोग गर्न सकिरहेका छैन । बैंकिङसँग सम्बन्धीत र शुल्क भुक्तानी र पोलसी नविकरण मात्र डिजिटल माध्यमबाट भइरहेकृो छ । कोर सर्भिस डिजिटल दिनको लागि भने नियमनकारी निकाय र कम्पनीहरु आपसमा सम्वन्य गर्नु आवश्यक छ ।

अब सरकार तथा नियामक निकायले डिजिटल माध्यमबाट पनि पुर्णरुपमा बीमा व्यवसाय सञ्चालन गर्नको लागि सोही अनुसारको पुर्वाधार तयार गरिदिनु आवश्यक छ । अझै बीमा कम्पनीहरुले डिजिटल हस्ताक्षरको प्रयोग गर्न पाएका छैनन् । त्यसको प्रयोगमा नियमनकारी निकायले काम गर्नु पर्छ । सरकारले ग्रामिण भेगमा बीमा पोलेसी बिक्री गर्नको लागि सबै स्थानमा इनटरनेटको सुविधा दिनुपर्छ । त्यसका ालागि बीमा कम्पनीहरुले आफ्नो तर्फबाट गर्नु पर्ने सम्पुर्ण तयारी समयमा नै गर्नु पर्छ ।

चिन, जापान, अमेरिका, भेतनाम, मलेसिया लगायतका देशहरुमा कोरोना लागेपछि बीमाको व्यवसाय झन बढेकोे छ । नेपाल, भारत बंगलादेश लगायतका केही देशहरुमा मात्र ठप्प भएको छ । जसमा पुर्णरुपमा डिजिटल माध्यमबाट बीमा व्यवसाय गर्ने प्रविधि नभएर यस्तो अवस्था आएको हो । कोरोना प्रभावित प्रविधिमा फड्को मारेका विकासित देशहरुमा बीमाको व्यवसाय घटेको नै छैन ।

नेपालको बीमा क्षेत्रमा प्रत्यक्ष वितरण प्रणाली छ । बीमा व्यवसाय मुख्य एजेन्सीमार्फत भइरहेको कारणले संक्रमण बढेर लक डाउन भएसँग व्यवसाय रोकिएको हो । अभिकर्ता मार्फत् हुने काम सबै डिजिटल माध्यमबाट गर्न सकियो भने बिस्तारै व्यवसायलाई निरन्तरता दिन सहयोग पुग्छ । नयाँ सोच, नयाँ योजना बनाएर व्यवसाय विस्तार गर्नको लागि सबै बीमा कम्पनीहरुको लागि यो अवसर पनि हो ।

यो अवस्थामा व्यवसायलाई निरन्तरता दिन योजनाहरु बनाउदा सेवा लिने र दिने व्यक्ति कार्यलयमा वा आमुन्ने सामुन्ने नहुँदा पनि कसरी सबै सर्भिसहरु दिन सकिन्छ, त्यसको तयारीमा बीमा कम्पनीहरु लाग्नु पर्छ । कम्पनीहरुले डिजिटल माध्यमबाट सर्भिस दिदाँ सेवाग्राही पनि डिजिटल माध्यमबाट सर्भिस लिन तयार हुने वातवरण बनाउनु पर्छ । (कुराकानीमा आधारित) 


पुष्प दुलाल