कोरोना भाइसबाट बच्ने हो भने खानपिनमा यसरी सतर्क रहनुहोस्: के खाने, के नखाने ?



काठमाडौं । केही साता अघिसम्म समय सामान्य थियो । तपाई आफूले चाहेको सामान, चाहेको सुपर मार्केट, सपिङ कम्प्लेक्समा गएर किन्न सक्नु हुन्थ्यो ।

त्यसका लागि तपाईको गोजी भने बलियो हुनुपथ्र्यो । गोजी बलियो भएको खण्डमा सुपर मार्केटमा ट्रली धकेल्दै चाहिएको सामान किन्न कसैले रोक्ने थिएन ।

कोरोना भाइरसको लक्षण र बच्ने उपायबारे थाहा पाउनुहोस् (भिडियो)

तर अहिले विश्वभरी फैलिएको कोरोना भाइरसले गर्दा यो अहिले केवल स्मरणमा मात्रै सीमित बनेको छ । अहिले गोजी मात्रै बलियो भएर हुँदैन ।

अहिले देश मात्रै होइन विश्व नै ठप्प छ । पूरै विश्व बन्द जस्तै छ । विश्वमा केही देशमा कफ्र्यु लागेको छ भने केही देशमा लकडाउन मात्रै गरिएको छ ।

कोरोना भाइरसको आयु कति, कसरी फैलिन्छन् भाइरस ?

लकडाउनको कारण मानिस घरबाट बाहिर निस्कन सम्भव छैन । अत्यावश्यक कामको लागि भने कुनै रोकतोक छैन ।

कोरोना भाइरसबारे फैलिएका २४ भ्रम र यसको वास्तविकता

अहिले सरकारकारले अत्यावश्यक सामान आवश्यकमा रहेका औषधिका साथै पानी, तरकारी दुधलगायतलाई खुला गर्ने भने पनि प्रहरीले त्यसलाई अवरोध गरिरहेको छ । तथापी केही पसलहरु भने खुली रहेका छन् ।

पसल जाँदा यी विषयमा ध्यान दिऊँ

कोरोना भाइरस भनेको दुई वा सोभन्दा बढी व्यक्ति आपसमा संसर्ग भएको खण्डमा मात्रै सर्छ । कुनै व्यक्ति बोल्दा उसको मुखबाट निस्कने, हाँछ्यु गर्दा आउने छिटाबाट सँधै जोगिनुपर्छ ।

के कोरोना भाइरस हावाबाट सर्छ ? यसो भन्छ विश्व स्वास्थ्य संगठन

जसले गर्दा यो रोग सहजै सर्न सक्दैन । त्यसका लागि उत्तम विकल्प भनेको मास्क नै हो । पसलमा समान किन्न जाने बेलामा कम्तीमा ३ मिटरको दुरी कामय गरेर उभिने वा बस्ने गर्नुपर्दछ ।

अहिले हरेक पसलले यो नियम पालनामा पनि गरिरहेका छन् । यसको पालना साना पसल मात्रै नभएर सबै कम्प्लेक्सहरुले पनि ध्यान दिन आवश्यक छ ।

लन्डन स्कुल अफ आईजिन एण्ड ट्रपिकल मेडिसीन कि प्रोफेसर सैली ब्लूमफील्ड का अनुसार जब मान्छे पसल वा सुपर मार्केटमा जान्छन र गएर सामान उठाँउछन र त्यही राख्छन ।

जंगली जनावरबाट कोरोना भाइरस कसरी आइपुग्यो मान्छेसम्म ?

त्यो सामान एक ठाँउबाट अर्को ठाँउमा पनि राख्छन । एउटा सामान हेरेर अर्को पनि लैजान सक्छन । सामान किने पछि बील पनि लिइन्छ । कार पार्किङ गर्दा पनि बिल लिइन्छ । बैंकमा जाँदा एटीएम मेसिनमा एटीएम नम्बर थिचिन्छ । यसमा पनि कैयौं मानिसको सम्पर्क रहन्छ । त्यो सम्पर्कले मानिसमा कोरोना संक्रमण हुने सम्भावना अत्यधिक रहन्छ ।

त्यसको लागि आफ्नो हात साबुन पानीले कम्तीमा पनि २० सेकेन्ड सबै औला मिचिमिची धुनुपर्छ । साथै तपाईले सेनेटाइजर पनि लगाउन सकिन्छ । पसलमा जाने हो भने पसल जानुुपूर्व र फर्केपछि पनि सेनेटाइजर लगाउनुु पर्दछ ।

तपाईले कुनै पनि हालतमा सामान समातेको हातका औलाले अनावश्यक रुपमा आँखा मिच्ने वा मुखमा लैजाने, नाक कोट्याउने काम नगर्नु होला । जसले रोग निम्त्याउन सक्छ ।

सकेसम्म सबैले डिजिटल भुक्तानीमा ध्यान दिन आवश्यक छ । जसका कारण पैसाबाट पनि रोग सर्न सक्ने सम्भावना न्युन रहन्छ ।

यी कुरा खाँदा बढी ध्यान दिनुहोला ?

यो रोग न्यूनिकरणका लागि खाना राम्रोसँग पकाएर खानुपर्छ ।

यूके फुुड स्टेडर्स एजेन्सीका अनुसार बाहिर निस्कदै हुनुहुन्छ भने घरैमा बनाएको खाना खाने गर्नुहोस । प्रोफेसर ब्लूमफील्डका अनुसार जिरो रिक्स भन्ने हुँदैन । खाना प्याक हुन्छ तब एक जनाको हातबाट अर्कोको हातमा जाने गर्दछ ।

यदी तपाई प्याकिङ वाला खाना खाँदै हुनुहुन्छ भने सचेत बन्न आवश्यक छ । यस्तो खाना खाँदा ७२ घन्टा अघि स्टोर गर्नु वा स्प्रे गर्न आवश्यक छ । जसले किटाणु मार्ने छ ।

यदि तपाई प्लास्टिकको भाडालाई खाना खाने भाडाको रुपमा प्रयोग गर्ने हो भने त्यसलाई पनि सेनिटाइज गरेर राख्न अवाश्यक छ ।

यति तपाई फलफूल ल्याउँदै हुनुहुन्छ भने त्यसलाई राम्रोसँग धुुनुुपर्छ । धुँदा पानी न तैरिएसम्म खानुहुँदैन ।

होम डेलिभरी कति सुरक्षित ?

सरकारले लकडाउन गरेसँगै भाटभटेनीले होमडेलिभरी शुरु गरेको छ । नेपालमा यसको शुुरुवात नबिल बैंकको प्रमुख कार्यकारी निर्देशन अनिल केसरी शाहले सुरु गरेका छन् ।

भाटभटेनीबाट उनले सामान होम डेलिभरीले पनि निकै चर्चा पायो । तर यो कत्तिको सुरक्षित हो भन्ने प्रश्न पनि रहेको छ ।

सामान होम डेलिभरी गर्दा खतरा कम हुन्छ भन्ने हुँदैन । कुनै सामान तपाईको आईपुुग्दा कुनै न कुनै व्यक्तिले छोएकै हुन्छ । त्यही मात्रै होइन त्यो सामान गाडीमा पनि ल्याएको हुन्छ । त्यो कित सफा र सुरक्षित रुपमा ल्याएको छ भन्ने कुराले पनि अर्थ राख्ने गर्दछ ।

विश्वकै धनी विल गेट्सको खुल्लापत्र: कोरोना भाइरसले आध्यात्मिक ज्ञान दियो, धन सबैथोक होइन

फुुड सेफ्टी एक्सपर्ट डा. लीसा एकर्लेका अनुुसार यति तपाईले सामान डेलिभरीबाट नै ल्याउने गर्नु भएको छ भने आफ्नो घरको मूल गेटमा एउटा सूचना राख्नुहोस जहाँ लेख्नुहोसः कृपया घन्टी बजार केही पर गएर बस्नुहोला ।’ जसले गर्दा सामान ल्याउने मान्छे र तपाईको भेटदा हुने दुरी केही पर हुनसक्छ । यो संक्रमण फैलिन पाउँदैन ।

कोरोना भाइरसले अमेरिका जस्तो शक्तिशाली देशलाई कसरी घुँडा टेक्न बाध्य बनायो ?

वारविक मेडिकल स्कुलका डा. जेम्स गिल भन्छन, ‘कुनै पनि ठाँउमा बस्नुु वा हात राख्नुुभन्दा पहिला एकपटक सोच्नुहोला कि कतै त्यहाँ भाइरस त छैन ? त्यसमा पनि ध्यान दिनुपर्छ ।’ त्यस्तो कुनै ठाँउमा हात राखेको छ भने सफा गर्न बिर्सनु हुँदैन ।

दक्षिण कोरियाले कसरी जित्यो कोरोनाविरुद्धको लडाइ ? अरु देशका लागि हुन सक्छ उदाहरण

यूनिभर्सिटी अफ ससेक्सका बायोलोली एक्सपर्ट प्रोफेसर एलिसन सिनक्लेयर भन्छन्, ‘कुनै साथी वा कसैबाट सामान मगाएको छ भने त्योभन्दा राम्रो विकल्प अनलाइन सपिङ नै हो ।’

कतिपय विशेषज्ञहरुले सकेसम्म प्लास्टिकका झोलामा सामान नबोक्नु भन्ने सुझाव दिने गरेका छन् ।

बीबीसीमा प्रकाशित समाचारको भावानुवाद


क्लिकमान्डु