के कोरोना भाइरस हावाबाट सर्छ ? यसो भन्छ विश्व स्वास्थ्य संगठन



कोरोना भाइरसको प्रकोप यतिबेला विश्वव्यापी रुपमा महामारी बनेको छ । विश्वका झण्डै ८ लाख मानिसहरु यतिबाट संक्रमित भइसकेका छन् ।

विश्वमा महामारीका रुपमा नयाँ भाइरसका रुपमा उदाएको कोरोनाबारे व्यक्तिहरुमा कतिपय भ्रम समेत भएको पाइन्छ । जसमध्ये हावाबाट पनि सर्छ भन्ने पनि सुनिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोभिड–१९ भनिने कोरोना भाइरस हावाबाट भने नसर्ने बताएको छ ।

उसले भनेको छ, यो भाइरस खासगरी मानिसहरुको खँकारबाट, हाँच्छिउ गर्दा, बोल्दा नजिक रहेको मानिसलाई सर्छ । बोल्दा, हाँचिछउ गर्दा र खँकारबाट निस्कने भाइरसको तौल गह्रौ हुने भएकाले यो धेरै बेरसम्म हावामा यात्रा गर्न सक्दैन । त्यसैले तुरुन्तै झरिसक्छ ।

त्यसैले कोरोना संक्रमण भएको मानिसको नजिक गएर बोल्दा संक्रमण हुन सक्छ । त्यसैले कम्तीमा १ मिटरको दूरी कायम राख्नु पर्छ भनिएको हो ।

भाइरस मुखबाट निस्किएर विभिन्न धातुमा, कपडामा, हातमा वा अन्य कुनै बस्तुमा टाँसिन्छ । यी वस्तु अनुसार भाइरसको जीवन तय हुन्छ । त्यसैले हामीले कुनै पनि वस्तुमा छोइ सकेपछि साबुन पानी वा सेनिटाइजरले सफा गर्नुपर्छ भनिएको हो ।

साथै जथाभावी आँखामा, नाकमा, कानमा, मुखमा हात नलैजाने ताकी संक्रमणको जोखिम कम होस भनिएको हो ।


क्लिकमान्डु