कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले इङ्गा शपिङ कम्प्लेक्समा छुट पाउने



काठमाडौं । कामना सेवा विकास बैंकका कार्मचारी र ग्राहकले रुपन्देही स्थित तिलोत्तमामा रहेको इङ्गा शपिङ कम्प्लेक्समा छुट पाउने भएका छन् ।

बैंकका कर्मचारी र ग्राहकहरुले शपिङ कम्प्लेक्समा कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा १० प्रतिशत छुट पाउनेछन् ।

ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरेको बैंैकले जनाएको छ ।


क्लिकमान्डु