लगातार पाँच कारोबार दिन घट्यो नेप्से, सूचक २६४९ बिन्दुमा खुम्चियो

42
Shares

काठमाडौं । सेयर बजारमा शुक्रबार पनि गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले घटेर २६४९.५१ बिन्दुमा खुम्चिएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से ८.५० अंकले घटेको थियो भने त्यसअघिका तीन कारोबार दिन पनि गिरावट आएको थियो ।

आज नेप्सेमा कुल ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल २ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

शुक्रबार कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको घटेको छ । यस्तै, २० कम्पनीको मूल्य भने स्थिर छ ।