कोरोना भाइरसको आयु कति, कसरी फैलिन्छन् भाइरस ?



काठमाडौं । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट विश्वका १९६ देशसँगै नेपालमा पनि संक्रमण भेटिएपछि नेपाली यसबाट ग्रसित छन् । कोरोना भाइरस हावाबाट नभएर यो भाइरस विभिन्न तरल वस्तुका थोपा, एक अर्कासँग सम्पर्कमा अर्थात् संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउ गर्दा मुखबाट निस्किने र्यालको माध्यमबाट स्वास्थ्य व्यक्तिमा सर्दछ ।

यस्तै, संक्रमित व्यक्तिले एक पटक खोक्दा वा हाच्छिउ गर्दा रोगका जीवाणु हजारौको संख्यामा बाहिर निस्किन्छन् । रोगका जीवाणुहरु कपडा, जमिन र अन्य सतहमा रहन्छन् । सो ठाँउमा जादा, सामानहरु छुदाँ प्रयोग गर्दा स्वास्थ्य व्यक्तिको मुख, नाक, आँखाको लगायलका अगंहरुबाट प्रवेश गर्छ । सो ठाँउमा जादा, सामानहरु छुदाँ प्रयोग गर्दा स्वास्थ्य व्यक्तिको मुख, नाक, आँखाको लगायलका अगंहरुबाट प्रवेश गर्छ ।

साथै स्वास्थ्य व्यक्तिले रोगीको जुठो खाँदा, यौन सम्पर्क गर्दा र दिसा पिसाबको माध्यमबाट पनि जीवाणु सर्छ । त्यसैले रोगीको जुठो नखाने, यौन सम्पर्क नगर्ने र शौचालय गएपछि अनिवार्य रुपमा हात धुने गर्नु पर्छ ।

कोरोना भाइरस कुन सतहमा कति बच्न सक्छन् ?

कोरोना भाइरसबाट बच्न स्वास्थ्य सुरक्षा र सरसफाईमा सावधानी अपनाउन आवस्यक छ सँगै रोगीको शरिरबाट निस्किएको कोरोना भाइरसको जीवाणु कुन सामानमा वा अन्य सतहमा कति समयसम्म जीवित रहन्छ भने थाहा पाउन पनि आवश्यक हुन्छ ।

कोरोना भाइरस कुन सतहमा कति समय जीवित रहन्छ भन्ने कुरा त्यहाँको तापक्रम, सतहको स्थिति र वातावरणको स्थितिमा निर्भर रहन्छ ।

स्वास्थ्य विज्ञानसँग सम्बन्धित संस्था ‘मिडरसिभ’ कोरोना भाइरस माथि अध्ययन गरी ती भाइरसका जीवाणु स्टील, जमिन र प्लास्टिकमा सबैभन्दा बढी बाँच्न सक्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । साथै यो भाइरस चिसो १ महिनासम्म जिवित रहन सक्ने सो प्रतिवेदनमा उल्लेख छ ।

यो भाइरसका जीवाणु कागत, कार्डबोर्डको सतहमा २४ घण्टासम्म, प्लास्टिक र स्टीलका सतहमा २ देखि ३ दिनसम्म जीवित रहन्छ ।

यस्तै कोरोना भाइरसका जीवाणु तामाको सतहमा चार घण्टासम्म जीवित रहन्छ । मानिसको हातमा यो भाइसरका जीवाणु १० मिनेटसम्म जीवित रहन्छन् । जीवाणु कपडामा ९ देखी १० घण्टासम्म र जमिनमा २ देखि ३ दिनसम्म जीवित रहन्छ ।

कोरोना भाइरसका लक्षणहरु

शरिर थकित हुनु,
१०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु,
घाँटी, जीउ दुख्नु,
स्वास प्रस्वासमा समस्या देखिनु,
अन्य सरुवा रोगहरु जस्तै रुघाखोकी, झाडा पखला लाग्नु ।


पुष्प दुलाल