लकडाउन अवधि सकिएपछि मात्र राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन्छ: अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्र बैंकमा गभर्नरको नियुक्ति लकडाउन अवधि सकिएपछि मात्र हुने बताएका छन् ।

नयाँ गभर्नर छान्न अर्थमन्त्रीको संयोजकत्वमा कमिटि गठन

रासससँगको अन्तर्वार्ताको क्रममा अर्थमन्त्री खतिवडाले अब यो लकडाउनको अवधि सकिएपछि निर्णय गर्ने बताएका छन् ।

राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्नको लागि समिति भने गठक भएको छ । अर्थमन्त्री खतिवडा संयोजक रहेको समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा सदस्य छन् ।

राष्ट्र बैंकको अबको गभर्नर कस्तो हुनुपर्छ ?

समितिले सरकार समक्ष तीनजनाको नाम सिफारिस गर्छ । जसमा एकजना डेपुटी गभर्नरको अनिवार्य रुपले नाम सिफारिस गर्नुपर्छ ।

राष्ट्र बैंकको गभर्नर बन्न ‘दौडधूप’ तीव्र, यी हुन् आकांक्षी, कस्ले मार्ला बाजी ?

राष्ट्र बैंकमा चैत ५ देखि चिरन्जिवी नेपालको पदावधी सकिएपछि गभर्नर पद खाली छ । गभर्नर नियुक्त गर्न समयमा सरकारले नसकेपछि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई कामू गभर्नरको जिम्मेवारी दिइएको छ ।


क्लिकमान्डु