नयाँ गभर्नर छान्न अर्थमन्त्रीको संयोजकत्वमा कमिटि गठन



काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीको लागि सरकारले समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैंठकले गर्भनर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो ।

अर्थ मन्त्री डा युवराज खतिवडाको संयोजकमागठित सो समितिको सदस्यमा पुर्वगभर्नर बिजयनाथ भट्टराई र पुर्वअर्थ सचिव कृष्णहरी बास्कोटा रहेका छन् ।

राष्ट्र बैंक ऐनले बहालवाला गभर्नर अवकाश हुनु एक महिनाअघि नयाँ गभर्नर नियुक्तीको सिफारिस सरकार सामु गर्न समिति गठन गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर पुर्व गभर्नर डा. चिरञ्जीवि नेपाल गभर्नरपदबाट अवकास भएको ५ दिन पछिमात्र गर्भनर नियुक्तिका लागि सिफारिस समिति गठन भएको हो ।

समितिको सदस्यमा एक जना पुर्वगभर्नर हुनुपर्ने व्यवस्था छ ! अर्थमन्त्री डा युवराज खतिवडाले फोन सम्पर्कमार्फत नै समितिको सदस्यमा नियुक्त गरिएको पुर्वगभर्नर बिजयनाथ भट्टराईले क्किमाण्डूलाई बताए ।

‘अर्थमन्त्री खतिवडाले गभर्नर साबको नाम राख्दा के होला भनेर सोध्नु भएको थियो,’ भट्टराईले भने ‘मैले राख्ने भए राख्नुस् भनेको थिए ।’

तथापि औपचारी चिठी भने प्राप्त नभएको उनले जानकारी दिए ।

समितिले नयाँ गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्ने र तीमध्येबाट सरकारले एकलाई नियुक्त गर्ने व्यवस्था छ । जस डेपुटी गभर्नरमध्ये एक जना र राष्ट्र बैंक ऐन तोकेको योग्यता पूरा गरेको बाँकी वित्तीय क्षेत्रका विज्ञ मध्ये २ जनाको नाम सिफारिस समितिले गर्नेछ ।


क्लिकमान्डु