लकडाउनमा पनि कुन बैंकका कुन-कुन शाखा खुल्छन् ? (सूचिसहित)



काठमाडौं । कोरोनाका कारण सरकारले लकडाउन गरेको छैटौं दिन विभिन्न बैंकहरुले सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेका छन् । लकडाउन कायमै भएका कारण बैंकहरुले जम्मा २ घन्टा मात्रै सेवा दिइरहेका छन् ।

लक डाउनमा पनि बैंकहरुले यसरी दिइरहेका छन् सेवा (फोटो फिचर)

हाल बैंकहरुले सूचना जारी गर्दै बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सबै बैंकले ७ वटै प्रदेशका शाखा खोलेर सेवा दिएको जनाएका छन् । प्रदेशको १७ वटा शाखाबाट सेवा दिने जानकारी गराएको छ ।

लकडाउनमा एनआइसी एशिया बैंकको सेवा लिन कुन प्रदेशमा कस्लाई सम्पर्क गर्ने ? (नाम र फोन नम्बरसहित)

यता कृषि विकास बैंकले भने उपत्यका भित्रका बैंक मात्रै खोलेको छ । अन्य बैंकले ११ देखि १ बजेसम्म शाखा खोले पनि कृषि बैंकले १०ः३० देखि १ः३० बजेसम्म खुला राखृको छ । आइतबार बालाजु, नयाँ बानेश्वर, दुधपाटी र मंगलबजारको शाखा खुलेको छ ।

प्रभु बैंकको १७ वटा शाखा खुल्ने (शाखासहित)

लक्ष्मी बैंकले पनि शाखा अनुसार खोल्ने समय फरक फरक रहेको जनाएको छ । बैंकले प्रदेश १ मा ११ देखि १, २ मा १०ः ३० देखि १, बाग्मती प्रदेशको मन्थली,खाडीचौर, खाँडादेवीको शाखा १० देखि १२, पर्सा र सिन्धुलीको शाखा १०ः ३० देखि १ बजेसम्म खोल्ने, उपत्यकाको हात्तीसार र सानेपा १० देखी १ र कीर्तिपुर १२ देखि २ बजेसम्म खुल्ने जनाएको छ । यस्तै प्रदेश ५ १०ः ३० देखि १ बजेसम्म खुल्ने जनाएको छ ।

‘लक डाउन’मा पनि कुन बैंकका कुन-कुन शाखा खुल्छन् ? (सम्पर्क व्यक्तिको नाम र फोन नम्बरसहित)

यता हिमालयन बैंकले बिहान ११ देखि १ बजेसम्म ठमेल शाखा मात्रै खुला हुने भन्दै सूचना जारी गरेको छ ।

बैंकले जारी गरेको सूचनामा प्रत्येक शाखाका सम्पर्क व्यक्तिको फोन नम्बर समेत सार्वजनिक गरेका छन् । बैंकले सूचनामा घरमै बसेर पनि डिजिटल माध्यमबाट एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ माध्यमबाट कारोबार गर्न समेत आग्रह गरेको छ ।


क्लिकमान्डु