लकडाउनमा एनआइसी एशिया बैंकको सेवा लिन कुन प्रदेशमा कस्लाई सम्पर्क गर्ने ? (नाम र फोन नम्बरसहित)




काठमाडौं । एनआइसी एशिया बैंक अहिलेको लकडाउन परिस्थितिमा ग्राहकलाई पर्न गएको असुविधा तथा समस्याहरुलाई मध्यनजर गर्दै यस्ता समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनको लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ ।

यस ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सीधै फोनमा कुराकानी गरेर आफ्नो बैंकिङ्ग समस्या तथा गुनासोको यथासिघ्र समाधान पाउन सक्नुहुनेछ ।

जस्तै, प्रदेश १ मा रहनु भएका ग्राहक महानुभावले यस बैंकको प्रदेश १ कार्यालय प्रमुख दिपक थापालाई ९८५२०४८८११ नम्बरमा सोझै फोन गरेर आफ्नो बैंकिङ्ग समस्या बताई समाधानको उपाय प्राप्त गर्नसक्ने छन् ।

यसैगरी विराटनगर सहित इटहरी, धरान, दमक र विर्तामोडका कर्मचारीहरुलाई पनि त्यस क्षेत्रका ग्राहक महानुभावले फोन गरि बैंकिङ्ग समस्या समाधान गर्न गर्नसक्ने छन् । यसैगरी सातै प्रदेशमा स्थापना भएका ‘ग्राहक सहायता केन्द्र’ मार्फत ग्राहक महानुभावले आफ्नो बैंकिङ्ग समस्याको समाधान गर्न सक्नुहुनेछ जसका लागि बैंकले देहाएका ग्राहक सहायता केन्द्रहरु स्थापना गरेको छ ।

यसका साथै ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्नसक्ने व्यवस्था गरेको छ ।

यस कठिन परिस्थितिमा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ ।

उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहकले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर कोड सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नेछन् । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् ।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको बैंकका नायव सूचना अधिकारी अर्जुनराज खनियाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । बैंकका २१ लाखभन्दा बढी ग्राहक छन् ।


पुष्प दुलाल