प्रभु बैंकको १७ वटा शाखा खुल्ने (शाखासहित)



काठमाडौं । कोरोनाका कारण सरकारले लकडाउन गरेको छैटौं दिन प्रभु बैंकले सात वटा प्रदेशको १७ वटा शाखाबाट सेवा दिइरहेको छ ।

बैंकले सूचना जारी गर्दै बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ७ वटा प्रदेशको १७ वटा शाखाबाट सेवा दिने जानकारी गराएको छ ।

बैंकले जारी गरेको सूचनामा प्रत्येक शाखाका सम्पर्क व्यक्तिको फोन नम्बर समेत सार्वजनिक गरेको छ । बैंकले प्रदेश १ का ५ वटा शाखा, २ बाट १ शाखा, ३ नम्बर प्रदेशमा रहेको बैंकको प्रधान कार्यालयसहित ५ वटा शाखा, ४ बाट १, ५ बाट ३, प्रदेश ६ र ७ मा १/१ शाखाबाट सेवाग्राहीलाई सेवा दिने जनाएको छ ।

बैंकले सूचनामा घरमै बसेर पनि डिजिटल माध्यमबाट एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ माध्यमबाट कारोबार गर्न समेत आग्रह गरेको छ ।


क्लिकमान्डु