विकल पौडेलको अमेरिकी पीआरबारे राय लिन अदालतको आदेश


काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलसँग उनको अमेरिकी ‘पीआर’ (स्थायी बसोबास अनुमति) सम्बन्धी प्रमाणबारे प्रतिक्रिया माग गरेको छ ।

बुधबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सरकारी वकिलको कार्यालयद्वारा पेस गरिएको अमेरिकी पीआरसम्बन्धी प्रमाणमा प्रतिवादीको राय लिन आदेश दिएको हो ।

अमेरिकी पीआर लिएको तथ्य लुकाएर सार्वजनिक पद धारण गरेको अभियोगमा पौडेलविरुद्ध २०८१ वैशाख ९ गते भ्रष्टाचार मुद्दा दायर भएको थियो । भ्रष्टाचारको अर्को मुद्दामा दोषी ठहर भई हाल थुनामा रहेका पौडेलमाथि यो नयाँ विषयमा सुनुवाइ अघि बढाइएको हो ।