दैनिक उपभोग्य वस्तु चाहियो ? तपाईको घरमै ल्याइदिन्छ भाटभाटेनीले, यी नम्बरमा फोन गर्नुस्



काठमाडौं । लक डाउनका कारण दैनिक उपभोग्य वस्तु खरिद गर्न निस्कन पाउनुभएको छैन ? त्यसो हो भने तपाईंका लागि खुसीको खरब छ । सामान अर्डर गर्नुस् भाटभाटेनीले तपाईंको घरमै सामान ल्याइदिन्छ ।

व्यापारीले कालोबजारी गरे ११४९ मा फोन गर्नुहोस्, घरमै सामान डेलिभरी गर्न सरकरको निर्देशन

घरमै सामान आइपुग्ने भएपछि निश्चय पनि तपाईं कोरोनाको संक्रमण धेरै हदसम्म बच्न सक्नुहुन्छ । किनभने कोरोना आफैंमा लाग्दैन । लागेका व्यक्तिको सम्पर्कबाट यो संक्रमण तीब्र गतिमा सर्छ ।

गृह मन्त्रालयले खाद्यान्न स्टोरहरुलाई उपभोक्ताको घरमै सामान पुर्याउन निर्देशन दिएपछि भाटभाटेनीले यस्तो सेवा शुरु गर्ने जनाएको छ ।

कसरी बन्ने सफल व्यवसायी ? भाटभटेनीका प्रमुख मिनबहादुर गुरुङको टिप्स

सरकारले दैनि उपभोग्य वस्तु उपभोक्ताको घरमै पुर्याउन निर्देशन दिएको छ । हामीले होम डेलिभरी सर्भिस सञ्चालन गर्न गृह मन्त्रालयबाट १५ वटा पास लिएका छौं, भाटभाटेनीका अध्यक्ष मिनबहादुर गुरुङले क्लिकमाण्डूसँग भने ।

गृह मन्त्रालयको सूचनापछि ‘लक डाउन’मा खुलेको भाटभटेनीलाई प्रहरीले बन्द गर्यो

तपाईंलाई दैनिक उपभोग्य वस्तुको आवश्यकता पर्यो भने ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ नम्बरमा भाटभटेनीले फोन, भाइबर वा ह्वाट्सएपबाट कल गरेर अर्डर गर्न सक्नुहुने छ । र, भाटभाटेनीको फेसबुक पेजको म्यासेन्जरमातर्फत पनि अर्डर गर्न सक्नुहुने छ ।

फस्ट फेजमा १५ वटा गाडीमार्फत् यस्तो सुविधा उपलब्ध गराईने गुरुङले जानकारी दिए । र, एक हप्तासम्म भाटभाटेनीको मूख्य कार्यालय टंगालबाट मात्रै सेवा दिइने उनले जानकारी दिए ।

अब खाद्य वस्तु घर-घरमै डेलिभरी हुने, हेर्नुस् सरकारका १२ निर्णय

फस्ट फेजमा रिङरोडभित्र मात्रै सेवा उपलब्ध गराउने उनको भनाइ छ । र, होम डेलिभरी गरेको कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।

जसले छिटो अर्डर गर्छ, उसलाई पहिले सेवा दिन्छौं, उनले भने, तपाईंलाई सेवा दिनका लागि पहिलो चरणमा भाटभाटेनीका करीब ४ सय कर्मचारी तैनाथ रहने छन् ।

पछिल्ला हप्ताहरुमा सेवाको दायरा बढाउने उनले जानकारी दिए । ठूलो गाडी भएका कारणले गल्लीगल्लीमा छिर्न भने केही समस्या हुने उनको भनाइ छ ।


पुष्प दुलाल