मध्यपूर्व उडान प्रभावित: अलपत्र परेका र ट्रान्जिट यात्रुलाई सेवा दिइने

98
Shares

काठमाडौं । मध्यपूर्व क्षेत्रमा हवाई उडान प्रभावित भएपछि अलपत्र परेका र ट्रान्जिट यात्रुलाई सेवा दिइने गरी उडान हुने भएको छ । मध्यपूर्वमा अलपत्र परेका र ट्रान्जिटका यात्रुलाई नेपाल आउने र नेपालबाट जाने उडान व्यवस्थापनमा मिलाइएकाे र यसका लागि सम्बन्धित वायुसेवासँ सम्पर्क गरेर कन्फर्म भएका यात्रुलाई विमानस्थल आउन आग्रह गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सूचना जारी गर्दै मध्यपूर्व क्षेत्रमा उडान अवरुद्ध भएका कारण अन्तर्राष्ट्रिय उडानहरूमा असर परेको अवस्थामा केही वायुसेवाले सो क्षेत्रमा अलपत्र परेका तेस्रो मुलुक हुँदै नेपाल आउने यात्रु तथा नेपालबाट सम्बन्धित गन्तव्यसम्म मात्र जाने कनेक्टिङ/ट्रान्जिट यात्रु का लागि सीमित उडान सञ्चालन गर्ने जानकारी दिएको छ ।

यसरी उडान सञ्चालन हुने जानकारी प्राप्त भएपछि मात्र सम्बन्धित यात्रुले मध्यपूर्वस्थित विमानस्थल र सो क्षेत्रबाट ट्रान्जिट भई तेस्रो मुलुक जाने यात्रुलाई सम्बन्धित वायुसेवासँग समन्वय गरेर बुकिङ कन्फर्म गर्न आग्रह गरिएको छ।

कार्यालयले बुकिङ पुष्टि भएपछि मात्र विमानस्थलमा आउन यात्रुहरूलाई अनुरोध गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जारी गरेको सूचना