व्यापारीले कालोबजारी गरे ११४९ मा फोन गर्नुहोस्, घरमै सामान डेलिभरी गर्न सरकरको निर्देशन



काठमाडौं । कोरोनाले देश संकटग्रस्त बनेको बेला केही व्यापारीहरुले त्यसको मौका छोपेर उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरी कालोबजार गर्ने गर्छन् । यसरी हुने कालोबजारी रोक्न तपाईं उपभोक्ताहरु सचेत हुन आवश्यक छ । उपभोक्ता सचेत हुने हो भने कालोबजारीयाहरुले मौकाको फाइदा उठाउन सक्दैनन् ।

संकटमा हुनसक्ने कालोबजारीलाई नियन्त्रण गर्न सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ । गृह मन्त्रालयले आज एक सूचना नै प्रकाशित गरेर कृतिम अभाव सिर्जना गरेको, पर्याप्त मौज्दात हुँदा हुँदै पनि सामान बिक्री नगरेको र कालोबजारी गरेको शंका लागे मन्त्रालयको कुनैपनि शूल्क नलाग्ने र २४सै घन्टा उठ्ने टोलफ्री नम्बर ११४९ मा फोन गर्न आग्रह गरेको छ ।

सरकारले व्यापारीहरुलाई दैनि उपभोग्य वस्तु उपभोक्ताका घरमा पुर्याउन निर्देशन समेत दिएको छ । उपभोक्ताहरु बजारमा सामान किन्न निस्कँदा भीडभाड हुने र त्यसबाट कोरोनाको संक्रमण बढ्न सक्ने कुरालाई मध्यनजर गर्दै गृह मन्त्रालयले घरमै सामान डेलिभरी गर्न निर्देशन दिएको हो ।

अब खाद्य वस्तु घर-घरमै डेलिभरी हुने, हेर्नुस् सरकारका १२ निर्णय

गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले बिहीबार उद्योगीरव्यवसायी, काठमाडौंमा सुपरमार्केटरग्रोसरी, खाद्य स्टोर सञ्चालन गर्ने तथा महानगरपालिका कार्यालयका पदाधिकारीलाई बोलाएर छलफल गरेको थियो । छलफलपछि यस्तो निर्देशन दिएको हो ।

लकडाउन अधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्नका लागि स्थानीय प्रशासनसग समन्वय गरेर पास लिन गृहमले व्यवसायीलाई आग्रह गरेको छ।

उपभोग्य वस्तुको होम डेलिभरीमा महानगरपालिका, नगरपालिका तथा वडा कार्यालयबाट सहजीकरण गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ।

यस्तो छ गृह मन्त्रालयको प्रेस विज्ञप्ति

नेपाल सरकार मन्त्रिपरिषद्‍को मिति २०७६/६/९ गतेको निर्णयबमोजिम संक्रामक रोग ऐन, २०२० को दफा २ अनुसार मिति २०७६/१२र११ गते बिहान ६ बजे देखि लागू हुने गरी जारी गरिएको आदेशको बारेमा सबै नागरिहरुलाई अवगत नै छ। उक्त आदेश बमोजिम विश्‍व्यापी रुपमा संक्रमण भइरहेको कोरोना भाइरसबाट आफू सुरक्षित हुन र अरुलाई पनि सुरक्षित बनाउन सबै नागरिकहरुले आफ्नो आफ्नो स्थानबाट नागरिक कर्तव्य पूरा गर्नुहुनेछ भन्‍ने कुरामा मन्त्रालयले विश्‍वास लिएको छ ।

त्यसको लागि सबै नागरिकहरु अत्यावश्यक काम नपरी आफु पनि घरबाट बाहिर निस्कनु हुने छैन र परिवारका सदस्य, साथीभाई, आफन्त, इष्टमित्र, छरछिमेकी लगायत चिनेजानेका सबैलाई घरभित्र नै रहनको लागि उत्प्रेरित गर्नुहुनेछ भन्‍ने अपेक्षा राखिएको छ ।

यसै सन्दर्भमा नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउनको लागि गृह सचिव महेश्‍वर न्यौपानेज्यूको अध्यक्षतामा आज बसेको बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ ।

१, काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोर एवं बिक्रेताहरूले आआफ्ना डेलिभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहहरूको सहज आपूर्तिको व्यवस्था मिलाउने।

२, आवश्यक पर्ने डेलिभरी भ्यानहरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने।

३, पसलहरु सञ्चालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने।

४, माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै स्टोर एवं विक्रेताहरुले आ९आफ्नो टोलफ्री नम्बर वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने। फोन, अनलाइन, अफलाइनमार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरुको कम्बो प्याकसमेत बिक्री वितरण गर्ने।

५, दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउन लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाडौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिकारनगरपालिकाहरुले मिलाउने।

६, काठमाडौं उपत्यकाबाहिर रहेका अत्यावश्यक वस्तुका स्टोर एवं बिक्रेताहरुले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने।

यस जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानका लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरीजस्ता कार्यहरु गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरुको अभाव देखिएमा यस मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४सै घण्टा उठ्ने टोलफ्री नम्बर ११४९ मा फोन गरी सहयोग गरिदिनु हुन अनुरोध छ।


पुष्प दुलाल