कसरी बन्ने सफल व्यवसायी ? भाटभटेनीका प्रमुख मिनबहादुर गुरुङको टिप्स



काठमाडौं । भाटभटेनी सुपरमार्केट तपाईंहाम्रा लागि परिचित नाम हो । देशका विभिन्न शहरमा भाटभाटेनीले आफ्ना १७ वटा आउटलेट खोलिसकेको छ । र, विभिन्न शहरहरुमा धमाधम आउटेल स्थापना गरिरहेको छ ।

भाटभटेनी आउनुअघि २०औं पसलमा डुलेर सामान किन्नुपर्थ्यो । अझ रोजेको र खोजेको जस्तो सामान पाइँदैन थियो । भाटभाटेनी यस्तो पसल हो, जहाँ तपाईं आफूलाई आवश्यक पर्ने समपूर्ण सामानहरु एउटै छानामूनि किन्न सक्नुहुनेछ । त्यसैले पछिल्ला वर्षहरुमा भाटभाटेनीको लोकप्रियता बढ्दो छ ।

भाटभटेनी अब जनताको जीबनशैली भएको यसका अध्यक्ष मिनबहादुर गुरुङ बताउँछन् ।

‘मेरा लागि भाटभटेनी व्यवसाय होला, तर जनताका लागि जीबनशैली बनेको छ,’ गुरुङ भन्छन्, ‘किनभने भाटभटेनीले मान्छेको जीबनशैली परिवर्तन गरिदिएको छ ।’

भाटभटेनीले दशैं हजारलाई रोजगारी दिएको छ । ५० हजार जनालाई रोजगारी दिने र विदेशसम्म आफ्नो सञ्जाल विस्तार गर्ने योजना रहेको गुरुङ सुनाउँछन् ।

आज भाटभटेनीले वार्षिक अर्बौंको कारोबार गर्छ । तर, रमाइलो पक्ष के छ भने खोटाङको किसान परिवारकाट काठमाडौं पढ्नका लागि आएका उनै मिनबहादुरले २०४१ सालमा एउटा सानो कोठाबाट ३५ हजार लगानीमा किराना पसल शुरु गरेका थिए ।

हातमुख जोड्का लागि सानो व्यवसाय शुरु गरेका गुरुङ कसरी नेपालको व्यावसायिक जगतमा चम्किन सफल भए, त्यसको राज के हो ? आज हामी यसबारे जानकारी दिँदैछौं । र, भर्खर भर्खर व्यवसायमा लागेका र व्यवसाय गर्ने सोच बनाएकाहरुलाई कसरी सफल उद्यमी बन्ने भनेर गुरुङले दिएका टिप्स दिँदैछौं ।

गुरुङकै शब्दमा

मैले आफ्नो विश्व विद्यालयको पढाइ सकिसकेपछि जीबनसाथी रोजेँ । र, २०४१ सालमा १० वाई १२ को एउटा सानो कोठाबाट ब्यवसाय शुरु गरेँ ।

मैले किन यो कुरा भनेको हुँ भने पैसा नभएर ब्यापार व्यवसाय गर्न पाइएन भन्ने हाम्रा भाइबहीनीहरुलाई उत्प्रेरणा मिलोस् भनेर । सानो लगानीमा पनि व्यवसाय सञ्चालन गरेर ठूलो साम्राज्य स्थापना गर्न सकिन्छ भन्ने यो मेरो आफ्नै उदाहारण पनि हो ।

कुनैपनि व्यवसाय गर्दा सफा क्षेत्र रोज्नु पर्छ । आफूले गर्ने व्यवसाय र क्षेत्र सफा भएन भने त्यो सफल हुँदैन । तपाईंको घरमा जतिसुकै मिठो भोजन बनाउनुहोस् । सफा छैन भने खानलाई कोही पनि आउँदैनन् । मेरा गुरुहरुले व्यवसायमा वातावरण राम्रो हुनुपर्छ भन्नुहुन्थ्यो । वातावरणको सबैभन्दा पहिलो बुँदा भनेको सफा हो । वातावरण सफा भएर मात्रै पुग्दैन आफ्नो मन पनि सफा हुनुपर्छ । म कोप्रति जिम्मेवार छु भनेर पहिले पहिचान गर्नुपर्छ । देश र उपभोक्ताप्रति जिम्मेवार हुनुपर्छ । र, इमानदारपूर्वक काम गर्नुपर्छ । त्यतिले मात्रै पुग्दैन धेरै नै कडा मिहेनत गर्नुपर्छ । कडा परिश्रम बिना कुनैपनि मान्छेले सफलताको शिखर चुमेको छैन ।

र, अर्को महत्वपूर्ण कुरा के छ भने व्यवसाय गर्ने मान्छेले तत्कालै प्रतिफल खोज्नु हुँदैन । प्रतिफलको आशा विस्तारै गर्नुपर्छ । राज्यप्रतिको उत्तरदायित्व हुनुपर्छ । करमा पारदर्शी भएर व्यवसाय गर्नुपर्छ । बेलाबेलामा धेरै साथीभाईहरुले भाटभटेनीको पैसा दायाँबायाँको हो कि भनेर प्रश्न गर्नुहुन्छ । यो सब झुट कुरा हो । हामी पारदर्शी छौं । पारदर्शी भएका करणले गर्दाखेरी नै नेपालमा भएका सबै बैंकहरुले भाटभाटेनीले मेरो बैंकसँग कारोबार गरिदियोस् भन्ने चाहन्छन् । बैंक भनेको व्यवसायीको ब्याकबोन हो । यो कुरालाई राम्रोसँग ख्याल गर्नुपर्छ ।

हामीले आफ्नो पहिचान आफैं बनाउने हो । मिनबहादुर गुरुङले ३५ हजार पुँजीबाट अर्बौंको कारोबार गर्छ । हजारौंलाई रोजगारी दिएको छ । म कुनै व्यवसायीक घरानाको व्यक्ति होइन । खोटाङको सामान्य किसान परिवारमा जन्मिएर आफ्नो आवश्यकताका लागि व्यवसाय शुरु गरेको हुँ । म यसरी ठूलो व्यवसायी बनौंला, धन कमाउँला भन्ने त सोचेकै थिइँन ।

आवश्यकता पूरा गर्न व्यवसाय शुरु गरेको मान्छेले पनि आज भाटभाटेनीलाई राम्रो संस्था बनाउन सकेछ । मलाई यसमा गर्व लाग्छ ।


क्लिकमान्डु