
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ ।
तामाकोशी–४ को गोल्मेश्वर माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा केही समयअघि मतदान पुनः सञ्चालनमा आएको हो।
मतदान पुनः सुरु भएसँगै स्थानीय प्रशासनले माइकिङ गर्दै तितरबितर भएका मतदातालाई केन्द्रमा फर्कन आह्वान गरेको छ।
उक्त मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद उत्पन्न भएको थियो। विवादका कारण केही समयका लागि मतदान प्रक्रिया स्थगित गरिएको थियो।








प्रतिक्रिया