कर्जा लगानी गर्दा यो ‘मन्त्र’ आत्मसाथ गर्नुहोस्, अवश्य सफल भइन्छः नारायण अधिकारीको लेख



हाल देशमा सञ्चालित बैैंक तथा वित्तीय संस्थामा बजार प्रतिस्पर्धा धेरै बढेर गएको छ । उक्त संस्थामा कार्यरत कर्मचारी खासगरी शाखा प्रवन्धक तथा ग्राहक सम्पर्क व्यवस्थापकलाई छिटोभन्दा छिटो कर्जा तथा निक्षेपका नयाँ ग्राहकलाई खोजेर ल्याउने काम कठिन बन्दै गएको छ ।

भइरहेका ग्राहकलाई पनि आफ्नो संस्थामा उपलब्ध कर्जा तथा निक्षेपका प्रकार र तिनका विशेषताबारेमा जानकारी गराउँदै उनीहरुको आवश्यकताअनुसार कर्जा तथा निक्षेप उपभोगको लागि सहजीकरण गर्ने काम निकै नै चुनौतिपूर्ण बन्दै आएको देख्न सकिन्छ ।

अचेल सबै बैैंक तथा वित्तीय संस्था कर्जा तथा निक्षेप वृद्धिको चर्को दवावमा देखिन्छन् । त्यसले ग्राहकलाई भने उचित मोलमोलाइको अवसर प्राप्त भएको देखिन्छ । बजारमा ग्राहकलाई कर्जा तथा निक्षेपका विकल्प धेरै उपलब्ध भएका छन् । यो बैंक नभए त्यो बैंक, त्यो बैंक नभए अर्को बैंक रोज्ने अवसर छ । तर, शाखा प्रवन्धक तथा ग्राहक सम्पर्क व्यवस्थापकलाई नयाँ ग्राहक पाउनै मुस्किल छ ।

अर्कोतर्फ बल्ल-बल्ल पाइएका ग्राहकको माग र आवश्यकतालाई प्रतिस्पर्धीले दिएको सुविधा कम नहुने गरी चलाखीपूर्ण तरिकाबाट आफ्नो बैैक वित्तीय संस्थाको नीति तथा मार्गनिर्देशनको पालना हुने गरी गर्नुपर्ने हुन्छ । उच्च व्यवस्थपानबाट धेरैभन्दा धेरै कर्जा तथा निक्षेप संकलनको लक्ष्य तोकिएको हुन्छ । उनीहरुको कार्यकुशलताको मापन उनीहरुलाई दिइएको लक्ष्य के कति प्रतिशत पुरा गरे भन्नेले निर्धारण गर्दछ ।

वास्तवमा शाखा प्रवन्धक तथा ग्राहक सम्पर्क व्यवस्थापक चेपुवामा परेका हुन्छन् । ग्राहकको माग सम्बोधन गर्न नसक्दा नयाँ ग्राहक ल्याउन एवं भएकैलाई जोगाउन सकस पर्छ । जस्ले उनीहरुको तोकिएको लक्ष्य हासिल हुँदैन । आन्तरिक तथा नियमाकीय निकायको नीति निर्देशनको अनुपालना हुन नसक्दा कर्जा प्रस्ताव अस्वीकृत भई व्यर्थको प्रयास हुनसक्छ ।

तोकिएको लक्ष्य हालको जस्तो प्रतिस्पर्धी बजारमा सजिलै पुरा हुनसक्ने स्थिति छैन । आफ्नो बैैंक वित्तीय संस्थाको नीति र मार्गनिर्देशनको परिधि एकातिर हुन्छ भने बजारमा भएको अस्वस्थ प्रतिस्पर्धाको कारण ग्राहकको माग अर्कोतिर हुनसक्छ ।

उच्च व्यवस्थापनले आफ्ना नीति तथा मार्गनिर्देशनको पालनामा सम्झौता नहुनेगरी काम गर्न निर्दशन दिइरहेको हुन्छ । पाइएका ग्राहकले सो कुरा सहजै स्वीकार नगर्न सक्छन् । नतिजा आफूअनुकुल नआउन सक्छ । धेरै पुरानो उखान छ नि नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार । अर्थात् कतिपय कुरामा चित्त नबुझिकनै सम्झौता गर्नुपर्ने बाध्यता सिर्जना भएको परिस्थति देख्न देखिन्छ ।

यस्तो परिस्थितिमा शाखा प्रबन्धक तथा ग्राहक सम्पर्क व्यवस्थापकलाई ग्राहकको माग सम्बोधन हुने र उच्च व्यवस्थापनका निर्देशनको पनि पालना हुने गरी काम गर्ने कार्य कौशलताको विकास गर्नु जरुरी भैसकेको छ ।

कर्जा लगानीका प्रस्ताव तयार गर्ने क्रममा के के कुरामा ध्यान दियो भने उक्त कार्य सहज र आफूअनुकुल बनाउन सकिन्छ भनेर आवश्यक पर्ने सबै तत्वलाई समावेश गरी एउटा सजिलो मन्त्रको नामाकरण गरिएको छ । जसलाई कर्जा लगानी मन्त्र भनेर विश्लेषण गरिएको छ ।

शाखा प्रवन्धक तथा ग्राहक सम्पर्क व्यवस्थापकले ग्राहक खोज्ने एवं कर्जा प्रस्ताव तयार गर्ने क्रममा विर्सनै नहुने महत्वपूर्ण ११ वटा तत्वलाई समेटेर कर्जा लगानी मन्त्रको नामाकरण गरिएको छ । जसमा पहिलो अक्षर ‘के’ बाट ‘नो योर वन बैंकस् क्रेडिट पोलिसी एण्ड प्रोडक्ट पेपर्स गाइडलाइन एज वेल एज रेगुलेटरी गाइडलाइन ।’

लेखक अधिकारी

सर्वप्रथम बजार जानुअघि आफ्नो बैकको कर्जा नीति के-कस्तो छ ? कस्ता-कस्ता प्रकारका कर्जाहरुलाई के-कस्ता शर्त मापदण्डहरु पुरा भएको खण्डमा दिन सकिन्छ । नियमाकीय निकायको मार्गनिर्देशन के कस्तो छ यस बारेमा जानकारी राख्नुपर्ने कुरालाई समावेश गरिएको छ ।

दोश्रो अक्षर ‘ए’ बाट ‘एप्रोप्रिएट्ली एपराइज क्रेडिट प्रपोजल ।’ कर्जा प्रस्ताव तयार गर्दा ग्राहकसंग सम्बन्धित सकारात्मक एवं नकारात्मक दुवै पक्षको सन्तुलित विश्लेषण गर्नुपर्ने कुरालाई समावेश गरिएको छ ।

तेश्रो अक्षर ‘आर’ बाट रिबेम्बर दि क्वालीटी अफ प्रपोजल प्रेजेन्टेशन ।’ कर्जा प्रस्तावको प्रस्तुतीकरणको महत्वलाई आत्मसाथ गर्दे अति नै छोटो वा एकदम पट्यार लाग्दो लामो हुन नहुने कुरालाई समावेश गरिएको छ ।

चौथो अक्षर ‘जे’ बाट ‘जजमेन्ट अबाउट फरदर एण्ड एडोक रिक्वायरमेन्ट अफ योर बरोअर ।’ ग्राहकहरुको आजको आवश्यकतलाई मात्र विश्लेषण गरेर नपुग्ने उनीहरुलाई भविष्यमा आइपर्ने न्यूनतम आवश्यकताको ध्यान पुर्याउन सक्नुपर्छ ।

पाँचौं अक्षर ‘ए’ बाट आस्क क्वोइशन विद दि बरोअर एण्ड लिसन देयर रेस्पोन्स केयरफुल्ली ।’ कर्जा प्रस्ताव स्वीकृतीको लागि पेश भइसके पश्चात स्वीकृत गर्ने अधिकारीबाट केही आवश्यक कुरा सोधिएको हुन सक्छ जसको जवाफ आफूखुशी नभई ग्राहकसँग नै सोधेर राम्रोसँग बुझिकन दिनुपर्ने कुरालाई समावेश गरिएको छ ।

छँैटौ अक्षर ‘एल’ बाट लर्न एबाउट दि इन्ड्रस्टी/मार्केट एण्ड लोन स्ट्रक्चर ।’ औधोगिक, व्यापार व्यवसायको प्रकृति तथा तीनिहरुको स्वरुप अनुसार आवश्यक पर्ने कर्जा प्रकृतिको बारेमा पूर्व जानकारी राख्नुपर्छ ।

कर्जा प्रस्ताव स्वीकृत भै हाल्यो भने पनि जोखिम बढेर भविष्यमा अर्को तनाव दिनसक्छ । दुवैतर्फका मुद्दालाई सुझवुझले एकसाथ मिलाएर लैजाने र आफ्नो कार्य कौशलताको विकास गर्न केही हदसम्म यस मन्त्रमा समावेश तत्वको उचित पालनाले सहजता पुर्याउने देखिन्छ ।

सातौं अक्षर ‘ए’ बाट ‘एन्सर बल दि कमेन्ट/क्वारिज प्रोपरली एब आस्क्ड बाई एप्रुभर ।’ कर्जा प्रस्ताव स्वीकृत गर्ने क्रममा स्वीकृत गर्ने अधिकारीबाट दिइएका सुझाव एवं सोधिएको प्रश्नको गाम्र्भियता बुझेर सहि र सटिक रुपमा जवाफ दिनुपर्छ ।

आठौं अक्षर ‘जी’ बाट ‘गो थ्रोट अल दि प्रोसेस अफ क्रेडिट अप्रुभल ।’ कर्जा प्रस्ताव स्वीकृतीका लागि तोकिएको सबै प्रक्रियाको उचित रुपमा पालना गर्नुपर्र्ने कुरालाई समावेश गरिएको छ ।

नवौ अक्षर ‘ए’ बाट ‘एडमिट पास्ट मिस्टेक्स एण्ड डन्ट रिपिट इट इन फ्युचर ।’ काम गर्ने क्रममा जानेर वा नजानेर भए गरेका विगतका गल्तीलाई पूनः दोहो¥याउने काम गर्नु हुँदैन र पाठ सिक्दै अगाडी बढ्नुपर्छ ।

दशौं अक्षर ‘एन’ बाट ‘नेभर कमिट ओभर प्रमिश एण्ड अन्डर डेलिभरी ।’ ग्राहकलाई होस वा उच्च व्यवस्थापनलाई होस कुरा चाँही ठूलो ठूलो गर्ने काम भने पुरा गर्न नसक्ने किसिमका प्रतिवद्दता गर्नु हुदैन । कम बोल्ने बरु काम गरेर देखाउनु पर्छ ।

अन्तिम अक्षर ‘आई’ बाट ‘इन्फ्रम्ड वेल इन टाइम अबाउट योर बरोअर बिजनेश प्रफर्मेन्स ।’ कर्जा दिने क्रममा होस वा दिइसकेपछि ग्राहकको व्यापार व्यवसायको गतिविधी के-कस्तो छ भनेर नजिकबाट नियाल्नुपर्छ । र, जानकारी भइरहेको हुनुपर्छ ।

न्यूनतमरुपमा कर्जा लगानी मन्त्रका तत्वको मर्मलाई ध्यान दिएर व्यवहारमा उतार्न सकियो भने उल्लेख्य रुपमा कार्य कौशलतामा सुधार ल्याई उच्च व्यवस्थापनले दिएका लक्ष्य पुरा गर्न मद्दत पुग्ने देखिन्छ ।

शाखा प्रवन्धक तथा ग्राहक सम्पर्क व्यवस्थापकले कर्जा प्रस्ताव स्वीकृतीको लागि पेश गर्ने क्रममा ग्राहकको मागलाई सम्वोधन गर्नुपर्छ । कर्जा स्वीकृत गर्ने अधिकारीले स्वीकृत गर्दाका वखत कर्जा जोखिम व्यवस्थापनका लागि के-के न्यूनतम मापदण्डहरुको लेखाजोखा गर्छन् यस कुराको तादम्यता मिलाउन नसक्दा प्रक्रिया लम्बिने र भनेको समयमा आफ्नो लक्ष्य पुरा नभइरहेको हुनसक्छ ।

तर न्यूनतमरुपमा कर्जा लगानी मन्त्रका तत्वको मर्मलाई ध्यान दिएर व्यवहारमा उतार्न सकियो भने उल्लेख्य रुपमा कार्य कौशलतामा सुधार ल्याई उच्च व्यवस्थापनले दिएका लक्ष्य पुरा गर्न मद्दत पुग्ने देखिन्छ । यसमा शाखा प्रवन्धक तथा ग्राहक सम्पर्क व्यवस्थापक स्वंमले आफ्ना के-के कुरामा ध्यान दिई सुधार गर्नुुपर्ने रहेछ भन्ने विषयको सजिलोे शुत्र/मन्त्र बनाइएको छ ।

सर्वप्रथम बजारमा जानुअघि आफ्नो बैंकको कर्जा नीति एवं कर्जा मार्गनिर्देशनको बारेमा ज्ञान हुनुपर्छ । भएन भने नत ग्राहकलाई राम्रोसँग बुझाउन सकिन्छ न त कर्जा प्रस्ताव नै स्वीकृत गराउन सकिन्छ । मानौं कर्जा मार्गनिर्देशनले व्यक्तिगत प्रकृतिको कर्जाको मापदण्डको अक्षरशः पालना हुनुपर्ने छ । र, चुक्ता भुक्तान अवधी बढीमा ५ बर्षको मात्र हुने भनेको छ भने १०/१५ बर्षे अवधीको कर्जा प्रस्ताव स्वीकृतीको लागि पेश गरी समय बर्वाद नगरेकै राम्रो हुन्छ ।

कर्जा प्रस्तावमा केवल ग्राहकको बारेमा बढाइ-चढाइ राम्रो कुराको मात्र वर्णन गरेको छ । तर हाल देखिएका एवं सम्भावित नकारात्मक कुराको नजर अन्दाज गरी कुनै कुरा उल्लेख नै गरेको छैन भने स्वीकृत गर्ने अधिकारीले उक्त प्रस्तावलाई स्वीकृत नर्गन सक्छ ।

कुनैपनि ग्राहक एवं व्यापार व्यवसायको केवल सकारात्मक पक्ष मात्र नभइ नकारात्मक पक्ष हुन सक्छन् जसलाई उचित हिसाबले विश्लेषण गर्नुपर्ने हुन्छ । सन्तुलित हिसावको कर्जा प्रस्ताव तयार गर्नुपर्छ नत्र दुख पाइन्छ । कर्जा प्रस्तावमा सकारात्मक एवं नकारात्मक कुराको विश्लेषण हुनुपर्छ । कर्जा प्रस्तावको प्रस्तुतिकरण अत्यन्त लामो वा छोटो छ भनेपनि कर्जा प्रस्ताव अस्वीकृत हुन सक्छ ।

त्यसैले महत्वपूर्ण कुराहरु नछुटुन र अनावश्यक कुरा उल्लेख गरी पाना भर्ने मात्र काम नहोस् यस कुरामा सदैव सचेत रहनुपर्छ । आफ्ना ग्राहकको वर्तमान एवं भविष्यको कर्जा माग तथा आवश्यकताको समयमै विश्लेषण गर्न सकिएन भने घरीघरी कर्जा प्रस्ताव तयार गरिरहनुपर्ने र स्वीकृत प्रक्रियामा ढिलाई हुन गई माग सम्बोधन हुन नसकी भएकै ग्राहकलाई पनि जोगाउन नसकिने स्थिति आउनसक्छ ।

कहिलेकाहीँ कर्जा प्रस्ताव जस्तो प्रस्तुत गरेको छ, समय केही नसोधिकनै पनि स्वीकृत हुनसक्छ । तर कहिलेकाहीँ ग्राहकका बारेमा अरु धेरै कुराहरुको जानकारी माग गरिएको हुनसक्छ । त्यस्तो अवस्थामा जे-जे कुराको जानकारी माग गरिएको छ सो कुरा ग्राहक स्वंयसँग राम्रोसँग सोध्ने र उसका प्रतिक्रिया ध्यान दिएर सुनी सोही बमोजिम जानकारी गराउनुपर्ने हुन्छ ।

ग्राहकसँग सम्पर्क नै नगरी आफ्नो हिसावले जवाफ दिँदा कहिलेकाँही स्वीकृत गर्ने अधिकारीले ग्राहक स्वंयमबाट जानकारी लिएको हुनसक्छ । कुरा बाझिन गयो भने कर्जा प्रस्ताव त त्यसैपनि अस्वीकृत हुनसक्ने सम्भावना भयो नै आफ्नो निष्ठामा पनि शंका गर्ने मौका दिइने भयो । तसर्थ यसतर्फ पनि सचेत हुनु जरुरी छ ।

कर्जा दिनुमात्रै ठूलो कुरा होइन दिनुपूर्व र दिएपश्चात् ग्राहकको गतिविधका बारेमा चनाखो हुनुपर्छ । सुचना प्राप्त गरिरहुनपर्छ नत्र भने एकातर्फ आफूले लगानी गरेको कर्जा बिग्रनसक्छ । अर्कोतर्फ ग्राहकले अरु नै बैंक ताकिसकेको हुनसक्छ । तसर्थ ग्राहकसँग नियमित सम्पर्कमा रही जानकारी लिइरहुन पर्ने कुरालाई यस मन्त्रले महत्वपूर्ण तत्वको रुपमा समेटेको छ ।

कुनै पनि ग्राहकलाई कर्जाको प्रस्ताव गर्नुपूर्व उस्ले गरेको व्यापार व्यवसायको प्रकृतिको बारेमा यथेष्ट जानकारी लिनुपर्ने हुन्छ । त्यसका लागि के कस्ता प्रकृतिको कर्जा प्रदान गर्दा उपयुक्त हुन्छ यस विषयमा विचार पुर्याउनुपर्ने हुन्छ । मानौं कुनै ग्राहकले विदेशबाट सामान आयात गर्ने रहेछ भने उसलाई अधिविकर्ष मात्र नभएर प्रतितपत्र तथा ट्रस्ट रिसिप्ट लगायतका अन्य कर्जा सुविधा उपयुक्त हुनसक्छ । तिनका विशेषताको बारेमा जानकारी भएन भने ग्राहकको माग सम्वोधन नहुन सक्छ । तसर्थ व्यापार व्यवसायको प्रकृति अनुरुपका कर्जा प्रकृतिको बारेमा पनि पूर्व जानकारी लिनुपर्ने कुरालाई यस मन्त्रले जोड दिएको छ ।

कर्जा प्रस्ताव स्वीकृत गर्ने अधिकारीले कर्जा प्रस्तावउपर कुनै विशिष्ठ किसिमको जोखिमको पहिचान गरी त्यस्ता जोखिम न्युनिकरणको लागि उपया बताउन सक्छ । शाखा प्रवन्धक तथा ग्राहक सम्पर्क व्यवस्थापकलाई सोध्न वा सुझाव दिनसक्छ । त्यस्तो परिस्थितिमा उस्ले सोधेका कुराहरुलाई हल्कारुपमा लिइ उचित सम्बोधन गर्न सकिएन भने उक्त प्रस्ताव अस्वीकृत हुन सक्छ ।

मनिलिऔं कर्जा प्रस्तावमा अधिविकर्ष कर्जाको लागि ड्रडाउन ( कर्जा चलाउन पाइने मापदण्ड ) चालु सम्पत्तिको ९० प्रतिशत माग गरिएको छ । तर स्वीकृत गर्ने अधिकारीले प्रस्ताव विश्लेषण गर्ने क्रममा स्टकमा देखाइएको सामान र उठाउन बाँकी आसामीको विवरण अस्वभाविक देखिएकोले ७० प्रतिशतभन्दा माथि दिन नसकिने भन्ने सुझाव आयो भने ग्राहकले पेश गरेका कागजातलाई पुनः निरीक्षण गरी वास्तविक परिस्थितिको पुनः विश्लेषण गरेर ८० प्रतिशत सम्म जान सकिने हो कि सोही अनुसार जवाफ दिनुपर्छ ।

कर्जा प्रस्ताव पेश गर्दा के कागजात ग्राहकबाट लिने र कुन प्रक्रिया पालना गर्ने भनेको छ ति सबै प्रक्रियाको पालना गर्नुपर्ने हुन्छ । नत्र कर्जा स्वीकृतिमा ढिलाइ हुने वा हुँदै नहुने पनि हुनसक्छ । जस्तै कर्जा प्रस्ताव पेश गर्दा ग्राहकको कर्जा सुचना पहिले नै लिइसकेको हुनुपर्छ भनेको छ । तर हतार हतारमा सो सुचना लिएको छैन भने प्रक्रिया लम्बिन सक्छ । प्रक्रियाको बारेमा पूर्ण जानकार हुनुपर्छ र सोको पालना गरेको हुनुपर्छ । कहिलेकाही काम गर्ने क्रममा जानेर वा नजानेर मानवीय त्रुटि हुन सक्छन् ।

गल्ती स्वीकार नगरी नियतवश नै त्रुटिलाई पुनः दोहोर्याउने काम भयो भने कर्जा प्रस्ताव स्वीकृत नहुनसक्छ । विगतमा भए गरेका गल्तीलाई आत्मसात गर्दै भविष्यमा नदोहो¥याउने बानीको विकास गनुपर्छ । कहिल्यै पनि ठूलो ठूलो कुरा गर्ने तर कार्य सम्पादन त्यस अनुरुप नहुने परिस्थितिको सिर्जना गर्नुहुँदैन । यसले आफूलाई नै हानी गर्दछ । बरु भनेको भन्दा बढी काम गरेर देखायो भने त्यसको सकारात्मक प्रभाव हुनसक्छ ।

कर्जा दिनुमात्रै ठूलो कुरा होइन दिनुपूर्व र दिएपश्चात् ग्राहकको गतिविधका बारेमा चनाखो हुनुपर्छ । सुचना प्राप्त गरिरहुनपर्छ नत्र भने एकातर्फ आफूले लगानी गरेको कर्जा बिग्रनसक्छ । अर्कोतर्फ ग्राहकले अरु नै बैंक ताकिसकेको हुनसक्छ । तसर्थ ग्राहकसँग नियमित सम्पर्कमा रही जानकारी लिइरहुन पर्ने कुरालाई यस मन्त्रले महत्वपूर्ण तत्वको रुपमा समेटेको छ ।

वास्तवमा शाखा प्रवन्धक तथा ग्राहक सम्पर्क व्यवस्थापक चेपुवामा परेका हुन्छन् । ग्राहकको माग सम्बोधन गर्न नसक्दा नयाँ ग्राहक ल्याउन एवं भएकैलाई जोगाउन सकस पर्छ । जस्ले उनीहरुको तोकिएको लक्ष्य हासिल हुँदैन । आन्तरिक तथा नियमाकीय निकायको नीति निर्देशनको अनुपालना हुन नसक्दा कर्जा प्रस्ताव अस्वीकृत भई व्यर्थको प्रयास हुनसक्छ ।

कर्जा प्रस्ताव स्वीकृत भै हाल्यो भने पनि जोखिम बढेर भविष्यमा अर्को तनाव दिनसक्छ । दुवैतर्फका मुद्दालाई सुझवुझले एकसाथ मिलाएर लैजाने र आफ्नो कार्य कौशलताको विकास गर्न केही हदसम्म यस मन्त्रमा समावेश तत्वको उचित पालनाले सहजता पुर्याउने देखिन्छ ।  [email protected]


पुष्प दुलाल