एनसीसी बैंक प्रभु बैंकसँगै मर्जर वा प्राप्तिमा जाने हो, अरुसँग जाँदैन: निर्मल प्रधान (भिडियोसहित)



काठमाडौं । प्रभु बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक मर्जरमा जाने चर्चा निकै चलेको छ । यो विषयमा केही दिन अगाडि हामीले प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनको विचार प्रस्तुत गरेका थियौ ।

भट्टचनले प्रभु बैंक मर्जरमा नजाने तर, एक्विजेसन गर्ने विषयमा कुराकानी भएको बताएका थिए ।

त्यसैगरी, प्रभु बैंकका सीइओ अशोक शेरचनसँग पनि हामीले मर्जरको विषयमा केही समयअघि कुराकानी गरेर प्रकाशित गरेका थियौं । शेरचनले छिट्टै अर्को वाणिज्य बैंक एक्वायर गर्ने बताएका थिए ।

प्रभु बैंकले सिभिल र एनसीसीसँग एक्वायरको कुराकानी गरिरहेको थियो । तर, सिभिलको तुलनामा एनसीसी बैंक आफ्ना लागि ठीक भएको प्रभुका उच्च अधिकारीहरुको निष्कर्श छ ।

मर्जर आवश्यक छ, गर्छौं पनि तर यसकारण एग्रेसिभ भएनौं: प्रभु बैंकका अध्यक्ष भट्टचनको बिचार

‘सबै कुरा मिलेको छ, स्वाप रेसियोमा कुरा मिल्यो भने एनसीसी बैंक नै लिन्छौं,’ प्रभु बैंकका एक सञ्चालकले क्लिकमाण्डूसँग भने ।

एनसीसी बैंकमा सर्वसाधारण लगानीकर्ताको हिसाबले सबैभन्दा ठूलो लगानी निर्मल प्रधानको छ । उनी मर्जर कमिटिको सह-संयोजक पनि हुन् । प्रधानले क्लिकमाण्डूसँग खुलेर कुरा गर्दै एनसीसी बैंक मर्जर/एक्विजेशन जेमा गएपनि प्रभु बैंकसँगै जाने बताए ।

‘प्रभु बैंकको साधारणसभाजले मर्जरको म्यान्डेट दिएको छैन, एक्विजेशनमा गएपनि हामी जानै पर्दा प्रभुसँग जाने हो, केही चरणमा कुराकानी पनि सकिएको छ र सकारात्मक पनि छ,’ प्रधानले क्लिकमाण्डूसँग भने ।

बंगलादेशी लगानीकर्ताले माने एनबी र एनसीसी बैंक मर्जमा जाने, यस्ता हुनेछन् वित्तीय सूचक

उनले एनसीसीले सेयर आदान प्रदान अनुपात भने १ बराबर १ नै हुनुपर्ने माग राखेको छ । यसको मतलब एक्वायरपछि पनि एनसीसीको १०० कित्ता सेयर प्रभु बैंकमा पनि १०० कित्ता नै हुनुपर्छ भन्ने हो । तर, प्रभु बैंकले भने स्वाप रेसियो ९० प्रतिशतमात्रै दिन सकिने अडान राख्नै आएको छ ।

अहिले स्वाप रेसियोमा दुई बैंकबीच बार्गेनिङ भइरहेको छ ।

‘मर्जपछि बन्ने संस्थाको नामपनि प्रभु बैंक नै हुने, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकबाटै हुने प्रस्ताव गरेका छौं,’ प्रधानले भने, ‘अहिले मिल्न नसकेको कुरा स्वाप रेसियो हो, स्वाप मिल्यो भने हामी प्रभुसँग समझदारी गर्ने तयारी छौ ।’

ग्राण्ड र किष्टको डुबेको २ अर्ब उठाउन ‘एग्रेसिभ’ बन्यो प्रभु बैंक, सीइओ भन्छन्- अब छाड्दैनौं

प्रधानले एनसीसी बैंकले प्रभु बाहेकको बिकल्प अहिले नसोचेको र प्रभुसँग कुरा नमिले अरुसँग प्रक्रिया अगाडि बढाउने कुनै तयारी समेत नभएको बताए ।

‘हामीले अहिले प्रभु बाहेक अन्य बिकल्प सोचेका छैनौं,अन्यसँग स्वापमा कुरा नमिल्ने हुँदा जाने तयारी समेत छैन,’उनले भने ।

अहिलेसम्म अरु बैंक तथा वित्तीय संस्थाबाट मर्जर तथा एक्वायरको कुनै प्रस्ताव पनि नआएको उनले जानकारी दिए । प्रधानले अन्तिमसम्म आफु स्वाप १००ः९५ भएपनि कुरा मिल्नेमा आशावादी रहेको बताए ।

प्रधानले प्रभुसँग मर्जरको विषयमा भएको कुराकानी कसरी अगाडि बढेको छ त्यो विषयमा के भने भिडियोमा हेर्नुहोस्


क्लिकमान्डु