
काठमाडौं । इरान र अमेरिकाको द्वन्द्व चर्किएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने खतरा बढेको छ ।
इरानको सरकारी सञ्चारमाध्यमले होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) स्थित केशम टापुमा विस्फोटको आवाज सुनिएको जनाएको छ । यो विश्वकै महत्वपूर्ण समुद्री व्यापार मार्गमध्ये एक हो, जसलाई युद्धका क्रममा इरानले बन्द गरेको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार आक्रमण राजधानी तेहरान वा अन्य प्रमुख सहरमा नभई केशम टापुमा केन्द्रित थियो। हालसम्म मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन ।









प्रतिक्रिया