एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

0
Shares

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले यो आईपीओ सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोममध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, कम्पनीले ३९ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि र १५ हजार ८०० कित्ता सेयर कर्मचारीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।