पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह

168
Shares

काठमाडौं । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गइरहेको र मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

‘हाल पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको छ । आवश्यक सावधानी अपनाउनु होला’, उनले भने । लामिछानेका अनुसार नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । काठमाडौँ उपत्यकामा भने केही समयपछि वर्षा हट्ने सम्भावना रहेको उनले बताए । ‘यतिबेला देशका विभिन्न स्थानमा स्थानीय अवस्थाअनुसार फरकफरक प्रकारका बादल विकसित भइरहेका छन्’, लामिछानेले भने ।