मर्जर आवश्यक छ, गर्छौं पनि तर यसकारण एग्रेसिभ भएनौं: प्रभु बैंकका अध्यक्ष भट्टचनको बिचार



सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकको चुक्ता पुँजी राष्ट्र बैंकले तोकेको न्यूनतम (८ अर्ब) रुपैयाँभन्दा बढी छ । रिजर्भसहित गर्दा अहिले धेरै बैंकको कोर क्यापिटल १५ अर्बभन्दा बढी भइसकेको छ ।

र, अहिले पनि बैंकहरुबीचको बिग मर्जरको चर्चा भइरहेको छ । एकातिर मर्जर अहिलेको आवश्यकता बन्दै गएको छ भने अर्कातिर राज्यले प्रोत्साहन गरिरहेको छ । यही अवस्थामा ग्लोबल आइएमइ र जनता बैंकबीच बिग मर्जर भइसकेको छ ।

मर्जरको संभावना देखेका संस्थाहरुको वित्तीय विवरण ट्याली गरेर हेर्यौं । हाम्रोभन्दा अर्को क्षेत्रमा राम्रो गरेको कुन संस्था छ भनेर पनि हेर्यौं । १/२ पटक मिटिङ नि गर्यौं ।

समान उदेश्य लिएर आवश्यक पुँजी पुगिसकेका संस्थाहरु मर्जरमा जानु भनेको बिग मर्जर हो । तत्कालीन किष्ट बैंक र ग्राण्ड बैंकको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगिसकेको थियो । ती संस्थाहरु मर्जमा गए । तत्कालीन प्रभु विकास बैंक र किष्ट बैंक मर्ज भएर प्रभु बैंक भयो । पछि प्रभु बैंकसँग ग्राण्ड बैंक पनि मर्ज भयो । प्रभुले विकास बैंक र फाइनान्स कम्पनी पनि मर्ज गरेको छ । ८ वटा संस्था आपसमा गाभिएर प्रभु बैंक बनेको हो । अर्थात् बिग मर्जरको नीति आउनुभन्दा अघि नै हामीले बिग मर्जरको अभ्यास गरिसकेका छौं ।

हामीलाई किष्ट बैंक मर्ज गर्दा धेरै गाह्रो भयो । मर्जरपछि हामीले धेरै समस्या झेल्यौं । ग्राण्ड बैंक मर्ज गर्दा हामीले झन् धेरै दुख पायौं । पहिलो कुरा ग्राण्डसँग मर्जरै गर्नपनि निकै धेरै समय लाग्यो । मर्जरपछि पनि केही समयका लागि तत्कालीन ग्राण्ड बैंकका कारणले प्रभुलाई असर पर्यो ।

राष्ट्र बैंकले लिएको नीति निर्देशन अनुसार पुँजीको आकार ठूलो नबनाई बिजनेश गर्न निकै कठिन छ । अहिले अधिकांश बैंकको पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी रेसियो) टाइट भइसकेको छ । ऋणपत्र जारी गर्दा पनि बैंकहरुसँग पर्याप्त पुँजी छैन । पुँजी नभई बिजनेश गर्न सकिँदैन । थप बिजनेश गर्नका लागि पुँजी थप्नुपर्यो ।

लगानीकर्ताहरुले यसअघि पनि पटकपटक पुँजी थप गरिसकेका छन् । त्यो अनुसारको प्रतिफल पाइरहेको अवस्था छैन । यस्तो अवस्थामा पुँजी थप गर्नुभन्दा मर्जरमा गएर पुँजीको आकार ठूलो बनाउनु पर्छ भनेर पनि बिग मर्जरको कुरा आएको हो ।

प्रभु बैंकले आफूभन्दा ठूला र पूराना बैंकसँग मर्जर तथा एक्वायरको कुराकानी गरेको छैन । किनभने हामी मर्जर तथा एक्वायरमा गएर आफ्नो नाम गुमाउने पक्षमा छैनौं ।

पुँजी ठूलो भएपछि काम गर्न सजिलो हुन्छ । अहिले अधिकांश बैंकको कोर क्यापिटल १५ अर्ब पुगिसक्यो । २ वटा जोड्ददा ३० अर्बको बैंक हुने भयो । पुँजी ठूलो भएपछि ठूल्ठूला प्रोजेक्टमा एक्लैले लगानी गर्न सकिन्छ । र, नियामक निकायको सोच पनि बैंकहरु मर्जरमा गइदिए हुन्थ्यो भन्ने छ । नियामकको सोचलाई हामीले आत्मसाथ गर्दै अघि बढ्नुपर्छ ।

मेरो बिचारमा मर्जर बाध्यकारी (फोर्स मर्जर) गर्नु हुँदैन । स्वतस्फूर्तरुपमा संस्थाहरु आपसमा मर्ज भए भने त्यसले राम्रो परिणाम दिन्छ । अर्काले मिलाइदिएको भन्दा आफैं मन मिलाएर जोडिएको सम्बन्ध राम्रो र टिकाउ हुन्छ ।

ठूलो संख्यामा रहेका कस्टमरलाई गुणस्तरीय सेवा दिन नसकिएला कि, कन्ट्रोल मेकानिजम कमजोर हुने हो कि भन्ने डरले मर्जरमा एग्रेसिभ नबनेका हौं ।

राष्ट्र बैंकले लिएको मर्जरको नीति सफल भएको छ । किनभन १४० वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा गइसकेका छन् । मर्जरमा जानुपर्छ भन्ने सोच भएका अधिकांश संस्थाहरु मर्जरमा गइसकेका छन् । अहिलेसम्म मर्जर तथा एक्वायरमा नगइ बसेका संस्थाहरु आफूले नै केही गर्न सकिन्छ कि भन्ने संस्थाहरु धेरै छन् । त्यसैले जोडी पाउन पहिलेजस्तो सजिलो छैन ।

मर्जर गरेरै पुँजी बढाउनुहोस् भनेको भए मर्जरमा नगई सुखै हुने थिएन । वाणिज्य बैंकहरुबीचको बिग मर्जर हुनुपर्छ भन्ने कुरा राम्रो हो । लगानीकर्ताहरु एक अर्कामा मिल्नसक्ने वातावरण भयो भने मर्ज हुन गाह्रो छैन । सरकारले बाफियाको संशोधन गर्ने अन्तिम तयारी गरेको छ । बाफियाको संशोधनमा भएका केही व्यवस्थाले फेरि एकपटक बैंकका लगानीकर्ताहरुलाई मर्जरमा जान दबाब सिर्जना गर्नसक्छ ।

यो अवधिमा प्रभु बैंकले पनि ४/५ वटा वाणिज्य बैंकसँग मर्जरको छलफल गर्यो । र, अझै पनि गरिरहेकै छ । वास्तवमा भन्दा हामी पर्ख र हेरको अवस्थामा नै छौं । मनमिल्ने जोडी भट्यो भने प्रभु बैंक मर्जर तथा एक्वायरमा जान तयार छ । अहिले जोडी खोजिरहेको अवस्था हो ।

मर्जरको संभावना देखेका संस्थाहरुको वित्तीय विवरण ट्याली गरेर हेर्यौं । हाम्रोभन्दा अर्को क्षेत्रमा राम्रो गरेको कुन संस्था छ भनेर पनि हेर्यौं । १/२ पटक मिटिङ नि गर्यौं ।

प्रभु बैंकले मर्जरमा जान ढिला गर्नुको अर्को खास कारण छ । हामी आन्तरिक प्रणाली स्तरोन्नति गरिरहेका छौं । प्रभु बैंकले फिनाकलको अपग्रेटेड लेटेस्ट भर्सन राख्दैछ । प्रक्रियामा जाँदा छिटोमा आगामी चैत र ढिलोमा असार मसान्तसम्ममा बैंकको आन्तरिक सिस्टममा नयाँ युग भित्रिँदैछ । नयाँ कोर बैंकिङ सिस्टम नभित्र्याएसम्म हामीले चाहेर पनि मर्ज तथा एक्वायर गर्नसक्ने अवस्था छैन । नयाँ सफ्टवेर राखिसकेपछि हामीलाई अर्को बैंक लिन कुनै समस्या हुँदैन ।

कुनै बैंकसँग मर्जरको छलफल शुरु भएपछि मर्जर कमिटि र व्यवस्थापनले उक्त संस्थाको हालसालै सार्वजनिक वित्तीय विवरण हेर्छ । र, विश्लेषण गर्छ । माग्नुपर्ने आवश्यक कागजात पनि माग्छ । र, कुनसँग मर्जरमा जाँदा राम्रो हुन्छ भनेर विश्लेषण गर्छ । उक्त विश्लेषण माथि छलफल हुन्छ । र, गरिरहेकै छौं । २/४ वटा बैंकसँग यस्तो चरणको गृहकार्य गरिसकेका छौं ।

प्रभु बैंकले आफूभन्दा ठूला र पूराना बैंकसँग मर्जर तथा एक्वायरको कुराकानी गरेको छैन । किनभने हामी मर्जर तथा एक्वायरमा गएर आफ्नो नाम गुमाउने पक्षमा छैनौं । लाइसेन्स र बिजनेशका हिसाबले १५औं नम्बरदेखि तल रहेका बैंकहरुसँग कुराकानी भइरहेको छ । सकरात्मक दिशामा कुरा भइरहेको छ ।

बिग मर्जरको चर्चा चलेपछि २ वटा बैंक गाभिएका छन् । अन्य ३/४ वटा बैंकहरु मर्जरमा जान बढी चासो देखाइरहेका छन् । मिलेको खण्डमा प्रभु बैंक गाभ्न तयार छ ।

एक्वायरको ढोका मात्रै खुल्ला

प्रभु बैंकको साधारणसभाले मर्जरमा जाने ढोका खुल्ला गरेको छैन । प्रभुले अरु कुनै संस्थालाई एक्वायर गर्नसक्ने मात्रै म्याण्डेट छ । मर्जरमै जानु परेको खण्डमा विशेष साधारणसभामा प्रस्ताव लैजान्छौं । सेयरधनीहरु मान्नुभयो भने मर्जरको ढोका पनि खुल्ला रहन्छ ।

हामीलाई किष्ट बैंक मर्ज गर्दा धेरै गाह्रो भयो । मर्जरपछि हामीले धेरै समस्या झेल्यौं । प्रभु धेरै सेयरधनी बैंक भएको बैंक हो । हामीकहाँ १ लाख जनाभन्दा बढी सेयरधनी छन् । ग्राण्ड बैंक मर्ज गर्दा हामीले झन् धेरै दुख पायौं । पहिलो कुरा ग्राण्डसँग मर्जरै गर्नपनि निकै धेरै समय लाग्यो । मर्जरपछि पनि केही समयका लागि तत्कालीन ग्राण्ड बैंकका कारणले प्रभुलाई असर पर्यो । ग्राण्ड बैंकको सेयर रोक्का राख्ने भन्ने निर्णय भयो । तत्कालीन ग्राण्ड बैंकको सेयर मात्रै रोक्का राखिएन, प्रभु बैंककै सेयर रोक्का भयो । यसले सेयरधनीलाई निराश बनायो । एक्विजिशन गरेको भए यसरी सेयर रोक्का नहुने रहेछ । त्यसैले हाम्रा सेयरधनीहरुले एक्विजिशनको ढोका मात्रै खुल्ला राख्नुभएको हो ।

मर्जरमा एग्रेसिभ नहुनुको खास कारण

प्रभु बैंकले मर्जरमा जान ढिला गर्नुको अर्को खास कारण छ । जुन म आज सार्वजनिक गर्दैछु । हामी आन्तरिक प्रणाली स्तरोन्नति गरिरहेका छौं । अहिले प्रभु बैंकले अहिले पनि पुमोरी सफ्टवेर प्रयोग गरिरहेको छ । अधिकांश बैंकहरुले फिनाकल प्रयोग गर्छन् ।

प्रभु बैंकको साधारणसभाले मर्जरमा जाने ढोका खुल्ला गरेको छैन । प्रभुले अरु कुनै संस्थालाई एक्वायर गर्नसक्ने मात्रै म्याण्डेट छ । मर्जरमै जानु परेको खण्डमा विशेष साधारणसभामा प्रस्ताव लैजान्छौं । सेयरधनीहरु मान्नुभयो भने मर्जरको ढोका पनि खुल्ला रहन्छ ।

प्रभु बैंक फिनाकलको अपग्रेटेड लेटेस्ट भर्सन राख्दैछौं । प्रक्रियामा जाँदा छिटोमा आगामी चैत र ढिलोमा असार मसान्तसम्ममा बैंकको आन्तरिक सिस्टममा नयाँ युग भित्रिँदैछ । नयाँ कोर बैंकिङ सिस्टम नभित्र्याएसम्म हामीले चाहेर पनि मर्ज तथा एक्वायर गर्नसक्ने अवस्था छैन ।

अहिले प्रभु बैंकका कस्टमर १२/१३ लाख छन् । यति धेरै कस्टमर भएका बैंक कमै छन् । अर्को बैंक गाभ्दा उसका पनि ५/७ लाख ग्राहक त हुन्छन् । हामीले अहिले जुन सफ्वेर प्रयोग गरिरहेका छौं । त्यसले त्यति ठूलो संख्यामा रहेका कस्टमरलाई गुणस्तरीय सेवा दिन नसकिएला कि, कन्ट्रोल मेकानिजम कमजोर हुने हो कि भन्ने डरले मर्जरमा एग्रेसिभ नबनेका हौं । त्यसो त पूमोरीले पनि स्मूथली काम गरिरहेको छ । अहिलेसम्म त्यस्तो कुनै समस्या फेस गर्नु परेको छैन ।

नयाँ सफ्टवेर राखिसकेपछि हामीलाई अर्को बैंक लिन कुनै समस्या हुँदैन । त्यसपछि मात्रै रिजल्ट देखिन्छ ।


पुष्प दुलाल