इतिहासकै कमजोर बन्यो इन्भेष्टमेन्ट बैंक, खराब कर्जा १००%ले बढ्यो, १०% लाभांश दिन नसक्ने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले अहिलेसम्मकै खराब वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विगतमा सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको इन्भेष्टमेन्ट बैंकले यो वर्ष भने १० प्रतिशत पनि लाभांश दिन नसक्ने अवस्थामा पुगेको छ ।

व्यवस्थापनको कमजोर प्रफरमेन्सका कारण इन्भेष्टमेन्ट बैंकका सेयरधनी यो वर्ष हिस्स परेका छन् ।

बैंकले गत आर्थिक वर्ष ३ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ६.५७ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०७४/७५ मा बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको थियो ।

व्यवस्थापनको कमजोर पफर्मेन्सले इन्भेष्टमन्ट बैंकका लगानीकर्ता निराश (प्राविधिक विश्लेषण)

बैंकले सेयरधनीलाई बाँड्न मिल्ने नाफा १ अर्ब ३९ करोड रुपैयाँ गरेको छ । १२ अर्ब ८६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई गत वर्षको नाफाबाट १०.८० प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

वित्तीय विवरण पूर्णमा लेखापरिक्षण हुँदा यो क्षमता अझै घट्ने भएकाले गत वर्षको नाफाबाट इन्भेष्टमेन्ट बैंकले यो वर्ष १० प्रतिशत पनि काम दिन सक्दैन ।

बैंकले अघिल्लो वर्ष सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर तथा २२ प्रतिशत नगद लाभांश सहित ४० प्रतिशत लाभांश खुवाएको थियो । पछिल्लो ८ वर्षमा बैंकले ३० प्रतिशतभन्दा बढी लाभांश सेयरधनीलाई दिएको थियो ।

यो वर्षको वित्तीय विवरण बैंकले इतिहासकै कम लाभांश दिने देखिएको छ ।

कस्ले तिरेन इन्भेष्टमेन्ट बैंकको ४ अर्ब ? खराब कर्जा ३००%ले बढ्यो, कुन बैंकको कति ? (सूचिसहित)

बैंकले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीको रकम र केही कर्जाहरु नउठेको कारण नाफा घटेको हो ।

नाफा बढाउनका लागि बैंकले कर्जाको व्याजदर बढाएको छ । यद्यपि अवस्था सुध्रिएको छैन ।

बैंकले अघिल्लो वर्षको तुलनामा कर्जा निक्षेपको अन्तर स्प्रेडदर बढाएको छ । यसले बैंकले ऋणको ब्याजदर बढाएको बुझिन्छ ।

बैंकको अघिल्लो वर्ष ४.३० प्रतिशत रहेको स्प्रेडदर यो वर्ष बढेर ४.३८ प्रतिशत पुगेको छ ।

निक्षेप बढाउनमा जनता र माछापुच्छ्रे फस्ट, इन्भेष्टमेन्ट बैंक लास्ट, प्राइमको घट्यो, अरुको के भयो ? (सूचिसहित)

बैंकको पूँजीकोष अनुपात १३.६५ प्रतिशत छ । राष्ट्र बैंकले ११ प्रतिशत पूँजीकोषमा थप २ प्रतिशत काउन्टर साइकल बफर राख्नुपर्ने व्यवस्था गरेको छ । जसले गर्दा बैंकलाई पूँजीकोष बढाउन थप चाप पर्छ । पुँजीकोष बढाउँदा बैंकको थप ऋण दिनसक्ने क्षमता खुम्चिन्छ ।

इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ८६ करोड रुपैयाँ छ । रिजर्बमा १० अर्ब ९५ करोड रुपैयाँ रहेको छ । बैंकको नाफा घट्नुको पछाडि मेलम्ची परियोजनासँगै कमिसनको आम्दानी पनि घट्नु हो ।

लगानीकर्ताको सम्पत्तिमाथि प्रतिफल दिनेमा एनआइसी एशिया फस्ट, सिभिल लास्ट, कुन बैंकको कति ? (सूचिसहित)

बैंकले ब्याज आम्दानीबाट ६ अर्ब १५ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष ५ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कमिसनबाट गरेको १ अर्ब ५ करोड मात्र खुद कमिसन आम्दानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब १९ करोड आम्दानी गरेको थियो । अघिल्लो वर्षभन्दा कमिसनको खर्च बढेको छ । अघिल्लो वर्ष २३ करोड रहेको कमिसनको खर्च यो वर्ष ३३ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी समेत घटेको छ । अघिल्लो वर्ष ३५.६६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष घटेर २६.५४ रुपैयाँमा झरेको छ ।


पुष्प दुलाल