पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण

क्यान महानिर्देशक दौडमा रहेका २ जनालाई भ्रष्टाचार मुद्दा, ३ उपहानिर्देशक मात्रै प्रतिस्पर्धामा

595
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको दौडमा हरेका ५ जना उपमहानिर्देशक मध्ये २ जनालाई भ्रष्टाचारको मुद्दा लागेका छ । हालका महानिर्देशक प्रदीप अधिकारीको कार्यकाल सकिन २ महिना मात्रै बाँकी रहदा उनीमाथि २ वटा भ्रष्टाचार मुद्दा लागेरसँगै निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीमाथि भक्तपुरमा हेलिपोर्ट बनाउँदा गरेको अनियमिता र पोखरा विमानस्थल निर्माणमा अनियमितता गरि भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले आइताबार दायर गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणका क्रममा लागत बढाएर गरेको ठेक्कामा भ्रष्टाचार भएको उल्लेख गरेको छ । अख्तियारले विशेष अदालतमा आगामी दुई महिनापछि नियुक्त हुनुपर्ने प्राधिकरणको महानिर्देशकका वलिया दुई प्रतिस्पर्धी प्रतापबावु तिवारी र हंसराज पाण्डेलाईसमेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । यो मुद्दा २ महिनाभित्रै टुंगिने र उनीहरुलाई सफाइ पाएर आउने सम्भावना कम भएकोले पनि अब प्राधिकरणको नेतृत्वमा बाँकी तीन जना उपहानिर्देशक मात्रै प्रतिस्पर्धामा जाने भएका छन् ।

प्राधिरकणका उपमहानिर्देशक प्रेमनाथ गुरागाई, देवचन्द्रलाल कर्ण र जगन्नाथ निरौलामात्रै प्रतिस्पर्धामा आउने देखिएको छ ।प्राधिकरणमा आगामी १७ माघदेखि निलम्बनमा परेको प्रदीप अधिकारीको पदावधि सकिँदै थियो । त्योभन्दा अगाडि नै नेतृत्वविहीन भएकोले अब नयाँ प्रक्रियाबाट प्राधिकरणलाई नेतृत्व चयन गर्नुपर्ने भएको छ ।

प्राधिकरणमा हाल ५ जना उपमहानिर्देशक मात्रै रहेकामा २ वरिष्ठ र प्रमुख दावेदारलाई नै भ्रष्टाचार मुद्दा लागेकोले अब बाँकी तीन जना मध्येबाट मात्रै प्रतिस्पर्धा हुने छ । यसमध्ये उपमहानिर्देशक प्रतापबावु तिवारी हाल प्राधिकरणमा बहालमा रहेका ५ जना उपमहानिर्देशकमध्ये सबैभन्दा वरिष्ठ हुन् । तर उनलाई भ्रष्टाचार मुद्दा लागेसँगै महानिर्देशकको प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

हंसराज पाण्डे पनि तिवारीपछिका प्रमुख दावेदार हुन् तर उनलाई पनि अख्तियारले भ्रष्टाचारको मुद्दा लगाएकोले उनी पनि निलम्बनमा परेको छन् । उनी हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक छन् । अख्तियारले मुद्दा दायर गरेपछि सरकारी पदाधिकारीहरु स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।

अब प्राधिकरणको महानिर्देशकको प्रतिस्पर्धामा प्रेमनाथ ठाकुर, देवचन्दलाल कर्ण र जगन्नाथ निरौला मात्रै परेका छन् । प्राधिकरणमा १२ औं तहका कर्मचारीमध्येबाट महानिर्देशक नियुक्त हुने व्यवस्था छ ।

प्राधिकरण ऐन अनुसार कर्मचारीहरूको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली २०५६ अनुसार १२ औं तहको पदमा ६ वर्ष, महानिर्देशक भएको ४ वर्ष वा ५८ वर्षको उमेर हद जुन छिटो हुन्छ, सो अनुसार अवकाश पाउने व्यवस्था छ ।

अधिकारीले ६ जना वरिष्ठलाई पन्छाएर महानिर्देशक हुँदा भएको विवाद र महत्वकांक्षाले अख्तियारले भ्रष्टाचारको मुद्दासम्म नै दर्ता गरेकोले पनि अब नियमसंगत नै प्राधिकरणले नेतृत्व पाउने सम्भावना पनि उत्तिकै छ ।

प्राधिकरण ऐन अनुसार उनको उमेरहदभन्दा छिटो उपमहानिर्देशकको ६ वर्षे कार्यकाल छिटो पूरा हुँदै छ । प्राधिकरणका देवचन्द्रलाल कर्ण र प्रेमनाथ ठाकुर एकैदिन उपमहानिर्देशक भएका प्राधिरकणका १२ औं तहका कर्मचारी हुन् उनीहरु दुबै जना २०७८ पुस १५ गते नै उपमहानिर्देशक भएका हुन् ।

प्रेमनाथ र देवचन्द्रलाल ६ वर्ष प्रावधानका कारण २०८४ पुस १५ सम्म मात्रै प्राधिकरणमा रहन्छन् । तर यी दुई जनामध्ये ५८ वर्षे उमेरहदका कारण पाण्डे आगामी साउनदेखि र ठाकुर कात्तिकदेखि घर जाँदै छन् । त्यसोहुँदा पूरै ४ वर्षे कार्यकालको दावेदारमा निरौला छन् ।

निरौला २०७९ चैत्र १८ गते उपमहानिर्देशक भएका कर्मचारी हुन् । निरौलालाई महानिर्देशक बनाउँदा चार वर्षको पूरै कार्यकाल बिताउन पाउँछन् । सरकारले आगामी चार वर्ष प्राधिकरणको नेतृत्व नचलाउने र दीर्घकालीन भिजन राखेर लामो समय काम गर्न दिने सक्षम व्यक्तिको खोजी गर्ने हो भने निरौला रोजाइमा पर्छ सक्छन् । त्यसो त निरौला २ वर्षपछि वरिष्ठताकै हिसावले पनि महानिर्देशक हुन्छन् । सरकारले चाहेमा उनलाई अहिले नै महानिर्देशक बनाउन सक्छ ।