तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

0
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भूभागको केहि स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

यसैगरी, कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भूभागको एक-दुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको छ।