एउटै बजेटले सबै समस्यालाई समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारीकः अर्थमन्त्री

42
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै समस्यालाई एउटै बजेटले समाधान गर्छ भन्ने अपेक्षा व्यवहारीक नभएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

‘सारा देशका, दशकौंदेखिका थाती रहेका समस्याहरु एउटा बजेटलै नै समाधान गर्छ भन्ने अपेक्षा अलिक अव्यवहारीक छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘सायद यसलाई हामीले पनि मलजल गरिरहेका छौं होला ।’

उनले बजेट आउँछ र सबै समस्या समाधान हुन्छ भन्ने कुरा नहुने बताए ।