
काठमाडौं । डेडिकेटेड फिडर/ट्रंक लाइनबाट विद्युत उपभोग गरेका ६१ उपभोक्ताले बुझाउन बाँकी विवादित बक्यौता २६ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । ऊर्जा मन्त्रालयका अनुसार ब्याज र जरिवानासहित २०८२ पुस मसान्तसम्मको बक्यौता बिल रकम कुल २६ अर्ब ९५ करोड ८ लाख ८९ हजार ६०० रुपैयाँ पुगेको हो ।
नियमित बिल तिरिसकेका उद्योगीले तिर्नु नपर्ने भनेको यो थप रकम २०८२ असार मसान्तसम्म भने २६ अर्ब ३ करोड ३२ लाख २१ हजार ५५८ रुपैयाँ थियो ।
तर, ऊर्जा मन्त्रालयले ६१ उपभोक्ताले सो बराबरको बक्यौता बिल रकम बुझाउन बाँकी रहेको भन्दै सूची निकालेको हो ।
खासगरी, लामो समयदेखि उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच प्राधिकरणले पठाएको अतिरिक्त रकम बुझाउन पर्ने वा नपर्ने भनेर विवाद छ । यस्तोमा विद्युत् बक्यौताका विषयमा ऊर्जा मन्त्रालयले नयाँ विवरण सार्वजनिक गरेको हो ।











प्रतिक्रिया