
काठमाडौं । ऊर्जा मन्त्रालयले सडकबत्ती वापतको ९ अर्ब ९३ करोड रुपैयाँ बक्यौता रहेको जानकारी सार्वजनिक गरेको छ । ऊर्जा मन्त्रालयले सोमबार सडकबत्ती प्रयोगवापत महसुल बक्यौता रहेका स्थानीय सरकारको सूची निकालेको हो ।
जसअनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म विभिन्न स्थानीय सरकारले नबुझाएको कुल ७ अर्ब ९४ करोड ८७ लाख ५४ हजार ८०६ रुपैयाँमा २५ प्रतिशत थप दस्तुरसहित कुल ९ अर्ब ९३ करोड ५९ लाख ४३ हजार ५१७ रुपैयाँ बक्यौता बुझाउन दिर्नेशन दिइएको छ ।
यीमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाको सबैभन्दा धेरै १ अर्ब ९८ करोड बक्यौता छ । यो बक्यौता थप दस्तुरबाहेकको हो । प्रधानमन्त्री बालेन शाह महानगर प्रमुख हुँदा नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ र शाहबीच बक्यौताको विषयमा मतभेद रहेको थियो ।



















प्रतिक्रिया