प्राइम बैंकले कन्काइ विकास बैंक, रिलायन्स र ललितपुर फाइनान्सलाई एक्वायर गर्ने



काठमाडौं । प्राइम बैंकले कन्काइ विकास बैंक, रिलायन्स र ललितपुर फाइनान्सलाई एक्वायर गर्ने भएको छ ।

ओम डेभलपमेन्ट बैंकसँगको एक्वायर प्रक्रिया टुटेपछि प्राइमले अन्य संस्थासँगको मर्जर तथा एक्वायरको छलफललाई तीब्र बनाएको थियो । जसमध्ये पहिलो चरणमा यी ३ संस्थासँग केही दिनमै एक्विजिसनको सम्झौता हुने बैंकका एक सञ्चालकले जानकारी दिए ।

ओम अर्कैसँग गएपछि जोडी खोज्न तात्यो प्राइम बैंक, डेढ दर्जन संस्थासँग मर्जरको छलफलमा

‘कन्काइ, ललितपुर र रिलायन्ससँग चाँडै नै एक्विजिसनको सम्झौता हुँदैछ,’ ती सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘सबै कुरा मिलिसकेको छ ।’

ओमले प्राइमसँगको एक्विजिसन प्रक्रिया तोडेर गएपछि यो बैंकलाई मर्जर तथा एक्वायरमा जान तीब्र दबाब परेको थियो । बैंकले ६ वटा वाणिज्य बैंकसहित डेढ दर्जन बैंक तथा वित्तीय संस्थासँग छलफल गरिरहेको थियो ।

ज्योति विकास बैंकसँगको छलफल छलफल तीब्र भएको स्रोतले जानकारी दियो ।

ओम अर्कैसँग गएपछि जोडी खोज्न तात्यो प्राइम बैंक, डेढ दर्जन संस्थासँग मर्जरको छलफलमा

ओमसँग डिमर्ज भएपछि राष्ट्र बैंकले ओम र प्राइम दुबैलाई ३ महिनाभित्र अर्को संस्थासँग मर्ज गर्न अल्टिमेटम दिएको थियो । ३ महिनाभित्र अर्को संस्थासँग मर्जर तथा एक्वायरको सम्झौता गर्न नसके राष्ट्र बैंकले शाखा खोल्न नदिने, सञ्चालकलाई सचेत गराउने, आधारभूत सेयर ट्रान्सफर गर्न रोक लगाउने जनाएको छ ।

यही जेठ २ गते ओमले एनएमबि बैंकसँग मर्जरको सम्झौता गरिसकेको छ ।

त्यसैले पनि यो बैंकलाई मर्जरमा जान तीब्र दबाब परेको थियो । यी संस्थासँग एक्वायरको सम्झौता भएसँगै प्राइम राष्ट्र बैंकको कारबाहीबाट जोगिने भएको छ ।

प्राइमले सेञ्चुरी, सिभिल, जनता, कुमारी, मेगा, सिटिजन्स, कैलाश, कामना सेवा, गरिमा, सांग्रिला, ज्योति, साइन रेसुङ्गा, देःव, लुम्बीनी, सिन्धु, कन्काइ, कमयुनिटी र कर्णाली विकास बैंकसँग पनि मर्जर तथा एक्वायरको छलफल गरेको थियो ।


पुष्प दुलाल