ओम अर्कैसँग गएपछि जोडी खोज्न तात्यो प्राइम बैंक, डेढ दर्जन संस्थासँग मर्जरको छलफलमा



काठमाडौं । आफूसँग एक्विजिसन प्रक्रिया अवरुद्ध गरेर बाहिरिएको ओम डेभलपमेन्ट बैंकले एनएमबि बैंकसँग मर्जरको सम्झौता गरेपछि प्राइम बैंकलाई सकस भएको छ ।

ओमलाई गाभेपछिको एनएमबि बैंकः निक्षेप र कर्जामा ७औं अनि नाफामा ९औं नम्बरमा, अरु सूचक कस्ता ?

मर्जर तथा एक्वायरका लागि प्राइम बैंक उपयुक्त जोडी खोज्न तातिएको छ । यसैक्रममा प्राइम बैंकले ६ वटा वाणिज्य बैंकसहित डेढ दर्जन बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वायरका लागि छलफल गरेको छ ।

‘हामीले मर्जरको छलफललाई तीब्र बनाएका छौं,’ प्राइम बैंकका एक सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘दुई देखि अढाई महिनात्रि कुनै एक वा ३/४ वटा संस्थासँगै सम्झौता हुन्छ ।’

३ महिनाभित्र अर्को जोडी खोजेर मर्जर वा एक्वायरमा नगए राष्ट्र बैंकले थप शाखा विस्तार गर्न नदिने, आधारभूत सेयर ट्रान्सफर गर्न नदिने, सञ्चालकलाई सचेत गराउने कारबाही गर्ने चेतावनी दिइसकेको छ ।

ती सञ्चालकका अनुसार प्राइमले सेञ्चुरी, सिभिल, जनता, कुमारी, मेगा र सिटिजन्स बैंकसँग पनि मर्जरका लागि प्रारम्भिक कुराकानी गरिरहेको छ ।

एभरेष्ट र लक्ष्मीको मर्जरमा चुकेको राष्ट्र बैंक प्राइम र ओममा नचुकोस्, अब यसो गरौं

त्यसैगरी, विकास बैंकहरुमा कैलाश, कामना सेवा, गरिमा, सांग्रिला, ज्योति, साइन रेसुङ्गा, देःव, लुम्बीनी, सिन्धु, कन्काइ, कमयुनिटी र कर्णाली विकास बैंकसँग पनि मर्जर तथा एक्वायरको कुरा भइरहेको छ ।

‘वाणिज्य बैंकहरुसँग हामीले प्रस्ताब गरेका हौं, विकास बैंकहरुले भने उहाँहरुले नै प्रस्ताब गरेका हुन्,’ स्रोतले भन्यो ।

ओम डेभलपमेन्ट बैंकसँग ०७५ भदौ ३ गते प्राइम बैंकले एक्विजिसन गर्ने सम्झौता गरेको थियो । तर, प्राइमले सहमतीको बुँदा नं. १९ उल्लंघन गरेको र कर्मचारी समायोजनलगायत एक्विजिसनका काम गर्न आलटाल गरेको आरोप लगाउँदै ओमले राष्ट्र बैंकमा डिमर्जका लागि आवेदन दिएको थियो ।

‘हामी राष्ट्र बैंकको आदेशको पूर्ण पालना गर्छौं,’ प्राइम बैंक उच्च स्रोतले भन्यो, ‘तोकिएको समयभित्र कुनै न कुनै संस्थासँग मर्जर वा एक्वायरको सम्झौता हुन्छ । त्यसका लागि हामी एग्रेसिभ तरिकाले लागिरहेका छौं ।’

राष्ट्र बैंकले दुबै बैंकका अध्यक्ष, सञ्चालक, सीइओलगायतलाई बोलाएर डिमर्ज किन ? भनेर प्रष्टिकरण सोधेको थियो ।

राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिँदादिँदै पनि ओमले प्राइमसँगको प्रक्रिया कुनैपनि हालतमा अघि बढाउन नसकिने जवाफ दिएको थियो ।

ओमका अध्यक्ष गोशेलीको बयानः यसरी भाँडियो प्राइमसँग, एनएमबिसँग भाँडिन आकाश खस्नुपर्छ (भिडियोसहित)

एक्विजिनस प्रक्रिया सक्नका लागि राष्ट्र बैंकले पटकपटक समय थप गरेर ०७६ बैशाख १३ गतेसम्मको समय दिएको थियो । उक्त समयमा पनि प्राइम र ओम नमिलेपछि राष्ट्र बैंकले दुई साताअिघ दुबैं संस्थालाई ३ महिनाभित्र अर्को संस्था खोजेर मर्ज गर्न अल्टिमेटम दिएको थियो ।

३ महिनाभित्र अर्को जोडी खोजेर मर्जर वा एक्वायरमा नगए राष्ट्र बैंकले थप शाखा विस्तार गर्न नदिने, आधारभूत सेयर ट्रान्सफर गर्न नदिने, सञ्चालकलाई सचेत गराउने कारबाही गर्ने चेतावनी दिइसकेको छ ।

प्राइम र ओमलाई ३ महिनाभित्र मर्जरमा जान राष्ट्र बैंकको अल्टिमेटम, नत्र यस्तो कारबाही

तत्कालका लागि भने राष्ट्र बैंकले सहुलितपूर्ण बाहेकको अरु पुनःकर्जा उपलब्ध नगराउने निर्णय गरिसकेको छ ।

ओमले जेठ २ गते एनएमबि बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ । अबको अढाई महिनाभित्र प्राइमले पनि कुनै न कुनै बैंकसँग मर्जर तथा एक्वायरको सम्झौता गर्न सकेन भने उसले राष्ट्र बैंकको कारबाही भोग्नुपर्ने हुन्छ ।

‘हामी राष्ट्र बैंकको आदेशको पूर्ण पालना गर्छौं,’ प्राइम बैंक उच्च स्रोतले भन्यो, ‘तोकिएको समयभित्र कुनै न कुनै संस्थासँग मर्जर वा एक्वायरको सम्झौता हुन्छ । त्यसका लागि हामी एग्रेसिभ तरिकाले लागिरहेका छौं ।’


पुष्प दुलाल