ओमका अध्यक्ष गोशेलीको बयानः यसरी भाँडियो प्राइमसँग, एनएमबिसँग भाँडिन आकाश खस्नुपर्छ (भिडियोसहित)



ओम डेभ्लपमेन्ट बैंकको मर्जरका लागि प्रस्ताव लिएर सुरुमा एनएमबी बैंकसँग नै पुगेको थिए । विदेशी बैंकसँग सहकार्य पनि भइरहेको थियो । मर्जरमा जानका लागि उहाँले हामीसँग विभिन्न मापदण्डहरु अगाडि सार्नु भयो । जुन मापदण्ड पूरा गर्नका लागि मैले स्वीकार गरिँन । त्यसपछि मात्रै प्राइम बैंकमा पुगेको हो ।

प्राइम बैंकसँगको सहकार्यका लागि सहमतिमा सबै कुरा अगाडि बढे पनि उहाँहरुले सहमति उलङघन गर्नुभयो । ओम र प्राइमबीच भएको सहमतिको १९ नम्बर बुँदामा एकीकरण गर्ने र एकैसाथ साधारण सभा गर्ने भन्ने सहमति गरिएको थियो ।

तर उहाँहरुले त्यो सहमति तोडेर छुट्टै साधारण सभा गर्नु भयो ।

त्यतिमात्रै होइन, प्राइम बैंकमा आन्तरिक समस्या पनि बल्झियो । कर्मचारी मिलान हुन सकेन । हामीले मर्जरको प्रक्रिया छिटो अगाडि बढाऔंभन्दा पनि उहाँहरुले चासो दिनु भएन ।

त्यसपछि हामीले राष्ट्र बैंकमा पत्र लेखेर प्राइम बैंकले यसरी १९ नम्बर बुँदा उलङघन गर्यो । हामीलाई फेरि मर्जरमा जान बाटो खुला गरिदिनु पर्यो भनेर निवेदन दिँयौ । त्यसपछि एमएनबी बैंकबाट पहिलेको मापदण्डमा केही लचकता अपनाउने गरी मर्जरको प्रस्ताव अगाडि सार्नुभयो । हामीले त्यसलाई स्वीकार गर्र्यौ ।

भाग्यमा लेखेको पाइन्छ, देखेको पाइँदैन भन्या सही रहेछ ।

जब प्राइमसँगको प्रक्रिया टुट्यो, तब एनएमबिका सीइओ सुनिल केसीजीले मलाई फोन गरेर एनएमबिसँग मर्ज हुने भए आउनोस् भन्नुभयो । त्यसपछि मैले उहाँहरुसाग छलफल अघि बढाएँ । छलफल छोटो समयमै सकरात्मक बन्यो ।

एनएमबि बैंकसँग मर्जरको प्रक्रिया अहिले सौहार्दपूर्ण वातावरणमामा अगाडि बढेको छ । मर्जरका लागि प्रक्रियागत हिसाबले हामीले सम्पूर्ण काम मिलाइसकेका छौं । अब मर्जर टु्टदैन् । एनएमबिसँगको मर्जर भाँडिन आकाश खस्नुपर्छ ।

मर्जर प्रक्रियामा अगाडि जाँदा विगत ८ महिनादेखि सेयर कारोबार हुन सकेको छैन् । जसले गर्दा हामीलाई २.३४ प्रतिशत सेयर घाटा लाग्यो । त्यसमा हामी निकै दुखि छौं ।

अब बैंकको बोनस सेयर १२.७० प्रतिशतका दरले बाँड्ने भनिएको छ । यसका लागि साधारण सभाबाट पारित गरी राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइसकेका छौं । तर स्वीकृत भइसकेको छैन् । स्वीकृत भइसकेपछि बोसन सेयर बाँड्ने हो । त्यसपछि बैंकको चुक्ता पुँजी २ अर्ब ८३ करोड पुग्छ ।

(बिहीबार एनएमबिसँग मर्जरको सम्झौता गरेपछि पत्रकारहरुको प्रश्नमा गोशेलीले दिएको जवाफ)


पुष्प दुलाल