सानिमा, एनएमबि र सिद्धार्थ बैंकका कर्मचारीले पाए २ महिनाको तलब बराबरको अग्रिम बोनस

0
Shares

काठमाडौं । सानिमा, एनएमबि र सिद्धार्थ बैंकका कर्मचारीले गत आर्थिक वर्षको मुनाफाबट २ महिनाको तलब बराबरको अग्रिम बोनस पाएका छन् ।

आर्थिक वर्ष सकिएसँगै बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कर्मचारीको लागि बैंकहरुले धमाधम अग्रिम बोनस पठाउन लागेका हुन् ।

सोही क्रममा सानिमा, एनएमबि र सिद्धार्थ बैंकले कर्मचारीहरुलाई साउन पहिलो साता २ महिनाको तलब बराबरको बोनस पठाएका हुन् । आर्थिक वर्ष सकिएसँगै साउन पहिलो साता नै वाणिज्य बैंकहरुले कर्मचारीलाई धमाधम अग्रिम बोनस पठाउन लागेको हुन्।

तीनवटै बैंकको नाफाको आधारमा कर्मचारीले थप बोनस पाउने अवस्था भएपनि बैंकले कर्मचरीले पाउने बोनसको करिब आधा अहिले वितरण गरेको र बाँकी बोनस साधारणसभाको लागि राष्ट्र बैंकले स्वीकृति दिएपछि पठाउने बैंक स्रोतले जनाएको छ ।

बोनस ऐनले नै नाफा कमाउने हरेक प्रतिस्ठानले नाफाबाट कर्मचारीलाई बोनस वितरण गर्नुपर्ने व्यवस्था गरेको छ । ‘मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको दश प्रतिशत बराबरको रकम कर्मचारीहरूलाई बोनस बापत छुट्याउनु पर्छ,’ बोनस ऐनको दफा ५ मा भनिएको छ ।

सोही व्यवस्थाका आधारमा बैंकहरुले पनि कर्मचारीले पाउने बोनसको केही हिससा आर्थिक वर्ष समाप्त भएसँगै र केही हिस्सा भने वार्षिक साधारणसभा गर्ने समयमा पठाउने गरेका छन् ।