१४ घन्टा लोडसेडिङ हुँदा पनि उद्योगीले स्वीकृति नलिई २४ घण्टा विजुली प्रयोग गरेः कुलमान (भिडियो)



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले देशमा १४ घण्टा लोडसेडिङ हुँदा केही उद्योगीले २४ घण्टा विजुली प्रयोग गरेको बताएका छन् ।

यस्तो छ कुलमानले टीओडी मिटर अध्ययन गरेर तयार पारेको बिल नतिर्नेको नयाँ लिस्ट, को-को उद्योगी परे ?

उनले अहिले उद्योग प्रतिष्ठानमा गएको विजुलीको बिल त्यो बेला प्रयोग भएको बताए ।

‘ती उद्योगीले स्वीकृति नलिएर २४ घण्टा विजुली उपयोग गरेका थिए,त्यसको बिल हामीले पठाएको हो,’ घिसिङले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने ।

उनले स्वीकृति लिएर १८४ वटा उद्योग प्रतिष्ठान तथा संस्थाले डेडिकेटेट लाइन लिएको र त्यसको बिल भने नियमित तिरेको बताए ।

‘अहिले बजारमा आएजस्तो उद्योगीलाई बिल नगरेको भन्ने होइन, स्वीकृति लिएका उद्योग प्रतिष्ठान तथा संस्थालाई विजुली बिल गएको छ, भुक्तानी पनि भएको छ,’ घिसिङले भने ।

यी हुन् विद्युत प्राधिकरणबाट डेडिकेटेड लाइनको सुविधा लिने उद्योग, सवा ३ अर्ब नतिर्ने को को हुन् ?

आफु आउनुभन्दा अगाडि नै उद्योग प्रतिष्ठानले डेडिकेटेट र ट्रक लाइनबाट प्राधिकरणको स्वीकृति बिना विजुली प्रयोग गरेर त्यस वापतको बिल पठाएको बताए ।

उनले कतिपय उद्योगी व्यवसायीले सो समयमा लोडसेडिङको कारण विजुली प्रयोग नगरेको भएमा त्यसलाई सल्टाउन भने तयार रहेको बताए ।


पुष्प दुलाल