मन्त्री, सांसद र उनीहरुका स्वकिय सचिवलाई झन्डै ४ करोड दशैंभत्ता !



काठमाडौं । भदौ ३१ मा बसेको मन्त्रिपरिषदको बैठकले उपप्रधान मन्त्री, मन्त्री राज्यमन्त्री, सांसद तथा उनीहरुको स्वकिय र सहयोगीको लागि भन्दै ३ करोड ७० लाख ७६ हजार १६० रुपैयाँ भत्ता दिने निर्णय गरेको छ ।

बैठकले २ उपप्रधानमन्त्री, १९ जना मन्त्री र ३ जना राज्य मन्त्री तथा संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष सहित ३१० जना सांसद तथा उनीहरुको प्रेस संयोजक, स्वकिय सचिव र सचिवालयमा आधिकारीक कार्यरत कर्मचारीलाई भत्तास्वरुप उक्त रकम दिने निर्णय भएको स्रोतले जनाएको छ ।

मन्त्री र सांसद्को तलब बढ्यो, पहिलो पटक दशैं भत्ता

उपप्रधानमन्त्रीले ७५ हजार ६ सय ४० रुपैयाँ, मन्त्रीले ७० हजार ७ सय ३० र राज्य मन्त्रीले ६७ हजार ३० रुपैयाँ पाउने छन् । यता अर्थमन्त्री डा. युवराज खतिवडाले दोहोरो सुविधा नलिने घोषणा नै गरेका छन् । राष्ट्र बैंकका गभर्नरसमेत रहेका डा. युवराज खतिवडा पूर्वकार्यकारी निर्देशक हुन् ।

खतिवडा मन्त्री खतिवडाले राष्ट्र बैंकबाट पाउने ४५ हजार रुपैयाँ पेन्सन कटाएर २५ हजार ७३० रुपैयाँ पाउने छन् । यसअघि मन्त्रीहरुको तलब ६० हजार ९७० रुपैयाँ रहेकोमा भदौ ३१ को निर्णयले तलब सुविधामा हेरफेर भएको बताइएको छ ।

स्रोतका अनुसार सभामुख, उप-सभामुख, अध्यक्ष र उपाध्यक्षका सल्लाहकारसहित स्वकिय सचिव कर्मचारीको भत्ता बापत ७ लाख ५३ हजार ५ सय रुपैयाँ पाउने भएका छन् ।

यस्तै सांसदका स्वकिय सचिवको दशैं भत्ताको लागि १ करोड २० लाख ९६ हजार ३५० रुपैयाँ पाउने भएका छन् ।

दशैंको समयमा सचिवालयका कर्मचारीहरुले पनि भत्ता पाएपछि काम गर्न झनै मनोबल भएको एक सदस्यले बताए ।

‘पहिला काम गर्दा भत्ता नआउँने भन्दा बिहानदेखि बेलुकासम्म काम गर्दा पनि भत्ता नआउने भन्दा काम गर्न जति जाँगर मर्ने गरेको थियो, अहिले भत्ता पाउँदा काम गर्न उर्जा आउने रहेछ । मन्त्रीले नाम बेचेर खानेलाई समस्या हुँदैन, इमान्दार पूर्वक काम गर्नेलाई यसले उर्जा थपिएको छ ।’ उनले भने ।

सभामुखले मंगलबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री प्रतिनिधि सभाको सभामुख, उप-सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको भने उक्त बैंठकले तलब भत्ता बढाइएको छैन् । कति तलब बढाउने भन्ने विषयमा छलफल गर्नको लागि समिति गठन भएको बताइएको छ ।

सांसदहरुले दशैं भत्ता लिन थालिसकेका छन् ।


क्लिकमान्डु