मन्त्री र सांसद्को तलब बढ्यो, पहिलो पटक दशैं भत्ता



काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारले पहिलो पटक मन्त्री तथा सांसद्हरुलाई दशैं भत्ता दिने निर्णय गरेको छ यसअघि निर्वाचित प्रतिनिधि तथा मन्त्रीहरुले दशैं भत्ता नलिने व्यवस्था थियो ।

सरकारले भदौं ३१ गते मन्त्रीपरिषद्को बैठकले उपप्रधानमन्त्री,मन्त्री,राज्यमन्त्री,प्रतिनिधिसभाका उपसभामुख,राष्ट्रियसभाका उपाध्यक्ष,संघीय संसद्का सदस्य तथा मन्त्री तथा सांसद्को सचिवालयमा कार्यरत कर्मचारीले दशैं खर्च बराबर एक महिनाको तलब पाउने भएका छन् ।

सरकारले तलब बढाउने र दशैं खर्च दिने निर्णय भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन । सरकारले साउन १ देखि नै लागु हुने गरेर उपप्रधानमन्त्रीको तलब १६.०१ प्रतिशतले बढाएको छ ।

अहिलेको सरकारमा दुईजना उपप्रधानमन्त्री रहेका छन् । इश्वर पोखरेल र उपेन्द्र यादवको मासिक तलब अब ७५ हजार ६४० रुपैयाँ भएको छ ।

यस्तै मन्त्रीको तलब १६ प्रतिशतले बढेको छ । मन्त्रीले अब मासिक ७० हजार ७३० रुपैयाँ तलब प्राप्त गर्छन् ।

सरकारले अहिलेसम्म राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री तथा प्रतिनिधिसभाका समामुख र राष्ट्रियसभाका अध्यक्षको तलब भने बढाएको छैन । यसको लागि समिति गठन भएको छ ।

अहिले राष्ट्रपतिको मासिक तलब १ लाख ५० हजार रुपैयाँ रहेको छ । उपराष्ट्रपतिको १ लाख ८ हजार तथा प्रधानमन्त्रीको ७७ हजार २८० रुपैयाँ रहेको छ ।


क्लिकमान्डु