
काठमाडौं । चाचन ग्रुपद्वारा सञ्चालित नारायणी मोडर्न पल्सेसका व्यापार १० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १० प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२४ मा २ अर्ब १६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ९५ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ ।
त्यस्तै, कम्पनीले सन् २०२३ मा २ अर्ब ६ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् १९९४ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका दाल आयात गरी प्रशोधन गर्दै निर्यात तथा नेपाली बजारमा कारोबार गर्दै आएको छ ।
कम्पनीको नाफा मार्जिन गत आवमा ७.४४ प्रतिशत कायम छ । सन् २०२४ मा नाफा मार्जिन ६.०४ प्रतिशत थियो ।
वार्षिक ५० हजार मेट्रिक टन क्षमता प्रशोधन क्षमता रहेको कम्पनीले मसुर दाल, पहेंलो केराउ दाल, हरियो मुङ दाल आदिको कारोबार गर्दै आएको छ ।
काठमाडौं, पोखरा, इटहरी, भैरहवा, नेपालगञ्ज र जनकपुरमा डिपो रहेको कम्पनीले १ अर्ब ८३ करोड ५५ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १६ करोड ५४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ६७ करोड १ लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीमा मोहनलाल अग्रवाल र श्रवनकुमार चाचनको बराबर स्वामित्व छ ।









प्रतिक्रिया