शुसासन राम्रो भएको बैंक मर्ज गर्ने सिद्दार्थ बैंकको रणनीति, सीइओ भन्छन्- छलफल गर्दैर्छौं



काठमाडौं । मर्जरमा जोडी खोज्न राष्ट्र बैंकले निर्देशन दिएपछि सिद्दार्थ बैंकले आन्तरिक तयारी तीब्र बनाएको छ ।

सिद्दार्थ बैंकको रणनीति आफ्नो बैंकमा अरुलाई गाभ्ने रहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु गौतमले राष्ट्र बैंकको निर्देशनसँगै मर्जरमा संस्था खोज्नको लागि आन्तरिक तयारी भएको बताउँछन् ।

‘दुईजना संचालक बाहिर रहेको कारण पूर्ण बैठक बस्न सकेको छैन, अहिले आन्तरिक तयारी गर्दै छौ,’ गौतमले क्लिकमाण्डूसँग भने ।

बैंकको रणनीति संस्थागत शुसासन बलियो भएका बैंकलाई आफ्नोमा गाभ्ने रहेको गौतमले जानकारी दिए ।

‘हामीसँग मर्जरमा जाने संस्था संस्थागत शुसासनमा बलियो हुनुपर्छ,त्यस्तो हाम्रो प्राथमिकता हो,’ गौतमले भने ।

उनले मर्जरका लागि विभिन्न संस्थासँग अनौपचारिक रुपमा कुराकानी भए पनि संस्था भने टुंगो नलागेको बताए ।

‘मौद्रिक नीतिअघि नै मर्जरका लागि बैंकले गरेको कामको रिपोर्टिङ राष्ट्र बैंकलाई गर्ने उनले जानकारी दिए ।

‘राष्ट्र बैंकको नीति र निर्देशनको हामी पूर्ण पालना गर्छौं,’ गौतमले भने ।


पुष्प दुलाल