इन्टरनेटमा गलत सूचना वा जानकारी राख्दैहुनुहुन्छ ? सावधान !



काठमाडौं । तपाइले प्रयोग गर्ने तथा हेर्ने इन्टरनेटमा अनेकन विज्ञापन पाएर हैरान हुनुहुन्छ ? कुन विज्ञापन हो, कुन जानकारी वा सूचना हो भन्ने विषय पनि आम मानिसलाई जानकारी पनि हुँदैन ।

इन्टरनेटको दुनियाँमा सत्य र तथ्यपूर्ण जानकारी भन्दा पनि भाइरस वा अन्य सामग्री पनि उत्तिकै पठाउने गरेका छन् । साइबर क्राइमका घटना पनि उत्तिकै बढेका छन् । विज्ञापन वा जानकारी के हो भन्ने थाहा नपाएकालाई भने धेरैले भ्रममा पार्ने गरेका छन् ।

संसारमै लोकप्रिय सर्च इन्जिनको रुमपा विकास भएको गुगलले कुन विज्ञापन वा सत्य तथ्य जानकारी हो, कुन होइन भनेर छुट्याउनका लागि फिल्टर गर्ने प्रणालीको पछिल्लो दिनमा विकास गरेको छ । फेक सामग्री वा विज्ञापन हटाउनका लागि अभियान नै सुरु गरेको गुगलले २०१८ को हरेक जसो दिन नै ६० लाख विज्ञान व्याण्ड गरिदिएको थियो । १० लाख बढी विज्ञापनदाताको खाता समेत उसले हटाइदिएको थियो । संसारभरका २.३ अर्ब विज्ञापन माथि गुगलले रोक लगाइदिएको थियो ।

त्यसले आम मानिसलाई गुमराहमा राखेको थियो । कम्पनीले २०१८ मा ३१ वटा नयाँ पोलिसी समेत लच्न गरेको थियो । सोही नीतिको उल्लर्घन गर्ने विज्ञापनको गुगलले व्याण्ड गरेको हो । गुगलले विहीबार मात्रै उक्त कुराको जानकारी दिएको थियो ।

गुगलले भनेको छ पछिल्लो एक वर्षमा मात्रै हरेक दिन जसो ६० लाख विज्ञापन व्याण्ड भएका थिए । कम्पनीले कुन जायज विज्ञापन हो कुन होइन भन्ने तथ्य पत्ता लगाउन ठूलो मेहनत गरिएको थियो । खरब लाग्ने विज्ञापनलाई जानी बुmिधन नै हटाउने वा नष्ट गर्ने गरिएको थियो ।

गुमराहमा राख्ने खालका सबै विज्ञापनलाई रोक्ने तर्फ हामी हरदम प्रयास गरिरहेका छौ । पछिल्लो साल त्यस्ता १० लाख विज्ञापनदाताको खाता समेत टर्मिनेट गरिएको थियो ।

गुगलले आना प्रयोगकर्ता, विज्ञापनदाता तथा प्रकाशकको सुरक्षालाई विशेष चासोका साथ काम गरिरहेको छ । पछिल्लो वर्ष ७ लाख ३४ हजार प्रकाशकको एपलाई समेत गुगलले टर्मिनेट गरेको थियो भने उसको सँगै आएका १५ लाख बढी विज्ञापन समेत हटाएको थियो । जे मन लाग्यो त्यस्तो विज्ञापन गर्ने र पाठकलाई भ्रममा पार्ने सबै खालका विज्ञापन तथा सूचना हटाउने क्रमलाई निरन्तर जारी राखिने गुगलको भनाइ छ ।


क्लिकमान्डु