काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, ट्याक्सीवे, एप्रोन, र अन्य क्षेत्रमा घाँस काट्न वार्षिक ८८ लाख ४४ हजार रुपैयाँको ठेक्का लागेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एक वर्षसम्म घाँस काट्ने ठेक्का शिवभक्त पार्वती निर्माण सेवालाई दिएको हो ।मकवानपुरको यो कम्पनीले ८८ लाख ४४ हजार ७६४ रुपैयाँमा विमानस्थलभित्र घाँस काट्ने ठेक्का पाएको हो ।
यो कम्पनीको बोलपत्र स्वीकृत भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले इबिडिङ सिस्टममा बाट आवेदन दिएका कम्पनीमध्येबाट यो कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ अनुसार छनोट गरेको जानकारी दिएको छ ।
यससँगै प्राधिकरणले अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भवनको विभिन्न खालको मर्मत गर्न २ करोड ५६ लाख रुपैयाँको ठेक्का लगाएको छ । यस्तो ठोक्का रामेछाप पीआर जेभी पेप्सीकोलाले पाएको छ । यसले विमानस्थलको टर्मिनल विल्डिङमा मर्मत र सम्बन्धित तोकिएको काम गर्नुपर्ने छ ।
प्राधिकरणले धावनमार्गमा रवर हटाउने र अन्य प्राविधिक काम गर्न काम गर्न प्यागोडा इफ्रा कन्ट्रक्सनलाई जिम्मा दिएको छ । यो कम्पनीलाई ९ करोड २८ लाख रुपैयाँको काम गर्ने गरी जिम्मा दिने गरी ठेक्का स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ ।
प्रतिक्रिया