बैंकहरुले सहायक कम्पनी खोलेर सेयर कारोबार गर्न पाउने



 

काठमाडौं । बैंकहरुले सहायक कम्पनी खोलेर तत्कालै सेयर कारोबार गर्न पाउने ब्यवस्था मिलाइएको छ ।

मंगलबार बसेको व्यवस्थापिका संसदको अर्थ समितिमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले यस्तो जानकारी दिए ।

‘कुनै बैंकले तत्काल सेयर ब्रोकरको काम गर्न चाहन्छन् भने राष्ट्र बैंकले अनुमति दिन्छ । बैंकहरुले सहायक कम्पनी खोलेर सेयर ब्रोकरको काम गर्न पाउँछन्,’ डा. नेपालले भने ।

यो व्यवस्थाले तत्कालै ६ सय ८३ स्थानीय तहबाट सेयर कारोबार गर्न सकिने उनले जानकारी दिए ।

‘एकैपटक देशभरबाट सेयर कारोबार गर्न पाउने भएपछि पक्कै पनि सेयर बजारमा उत्साह थपिने हाम्रो विश्वास छ,’ उनले भने ।


पुष्प दुलाल