निक्षेप तान्न बैंकले ब्याज बढाउन थाले, व्यक्तिगत निक्षेपमा जनता बैंकले सबैभन्दा धेरै ब्याज दिने



काठमाडौं । जनता बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा सर्वाधिक धेरै ब्याजदर घोषणा गरेको छ । मंगलबार बसेको बैंकर्स संघको बैठकले व्यक्तिगत निक्षेपमा बैंकले आफूखुसी ब्याज दिन पाउने निर्णय भएपछि भोलिपल्टै जनता बैंकले १२ प्रतिशत ब्याज दिने योजना सार्वजानिक गरेको हो ।

समकालिन वित्तीय बजारलाई मध्यनजर गर्दै ग्राहकहरुको हित संरक्षण हुनेगरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरिएको बैंकले जनाएको छ ।

जनता मुद्दति निक्षेप नामक उक्त खातामा निक्षेप राख्ने निक्षेपकर्तालाई बैंकले मासिक ब्याज दिनेछ । त्यस्तै, यस मुद्दती योजनामा ग्रहकहरुले न्यूनतम १ लाख रुपैयाँमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दति खाता खोल्न सक्ने छन् ।

यो योजना सिमित अबधिको लागि मात्रै भएको बैंकले जनाएको छ । यसका साथै बैंकले बचत खातामा पनि वार्षिक ७ प्रतिशतका दरले ब्याज दिने जनाएको छ । उक्त ब्याजदर यही मंसिर १९ गतेदेखि लागु हुनेछ ।


पुष्प दुलाल