संसदले मन नपरेको खण्डमा प्रधानमन्त्रीलाई पनि फ्याँक्ने अधिकार राख्छः अर्थमन्त्री

266
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसदले प्रधानमन्त्रीलाई पनि फाल्ने अधिकार राख्ने बताएका छन् ।

शुक्रबार सरकारले पेस गरेको विनियोजन विधेयक २०८३ माथिको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सरकारले स्थानीय तहलाई पनि नियन्त्रणमा राख्ने गरी बजेट विनियोजन गरेको भनि टिप्पणी गरेपछि उनले संसद सार्वभौम भएकाले यसले मन नपरे प्रधानमन्त्री पनि फ्याँक्ने सक्ने बताए ।

अर्थमन्त्री वाग्लेले सरकार बनाउने, ढाल्ने अधिकार संसदलाई भएकाले उसले सरकारलाई आवश्यक निर्देशन दिन सक्ने पनि बताए । अर्थमन्त्री वाग्लेले बजेट स्थानीय तहलाई प्रत्यायोजन गर्ने संसदीय व्यवस्थाको स्थापित मान्यता भएको जिकिर गरे ।

‘यो वेष्ट मिनिष्टरियल प्रणालीमा यही नै हो–ओभरल म्यान्डेट संसदले दिन्छ कार्यपालिकालाई । कार्यपालिका अथवा देशको प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो । त्यसैले यो सावैभौम नै छ । मन नपरेको खण्डमा सरकार नै फाल्न पाईने अधिकार यही थलोले राख्छ । सम्माननित सदनले राख्छ । सरकार बनाउने, सरकार ढाल्ने तर वेष्ट मिनिष्टिरियल प्रणालीमा अंक गणित बहुमतीय एउटा स्थापित मान्यता छ नै । बजेट प्र्रत्योजननै गर्ने हो,’ उनले भने ।

अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयले विभिन्न आयोजनाहरुमा बजेटको अभाव नहोस् भनेर विभिन्न शीर्षकमा केही बजेटहरुको व्यवस्था गरेको पनि बताए ।